Logo

१५ के.जी.चाँदीसहित पक्राउ



धनुषा । सशस्त्र बलको टोलीले चाँदी चोरी गर्नेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत २ भेलवाचोक घर बताउने अन्दाजी बन्धुकुमार सिंह रहेका छन् ।

उनलाई औरही गाउँपालिका २ देउरी भन्ने स्थानबाट ३२ साउनमा एपीएफ टोलीले १० लाख ९३ हजार १ सय १० रुपैयाँ बराबरको १५ के.जी. चाँदीसहित पक्राउ गरेको जनाएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरी नियन्त्रणमा लिएको हो । ज. ८ प ९२३५ नम्वरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका सिंहलाई शंका लागि जाँच गर्दा चाँदी फेला परेपछि मोटरसाइकल सहित उनलाई पक्राउ गरिएको हो । । सशस्त्र बलको टोलीले पक्राउ परेका सिंहलाई बरामद चाँदी र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।



प्रतिक्रिया दिनुहोस्