काठमाडौं । सिंहदरबारमा मृत फेला परेका व्यक्तिको पहिचान भएको छ । नायब सुब्बा बच्चुराम केसीको मृत्युको कारणबारे अनुसन्धान भइरहेपनि आत्महत्याको आशंका गरिएको छ ।
काठमाडौंको टौदह स्थायी घर भएका उनी ३ भदौको विहानै राष्ट्रिय योजना आयोगको परिसरमा मृत फेला परेका थिए । घटनापछि शव र घटनास्थलको मुचुल्का निकाली पोष्टमार्टमका लागि पठाइएको छ ।