Logo

भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्छ : पूर्वराजदुत डा. सिंह (भिडियोसहित)



काठमाडौं, ३ भदौ । भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेको भारतीय विदेशमन्त्री जयशंकरको भ्रमणबाट नेपालले फाईदा लिन सक्नुपर्ने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकरको नेपाल भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै सिंहले भारतमा अहिले म्याण्डेट प्राप्त सरकार आएको र नेपाललाई असाध्यै माया गर्ने प्रधानमन्त्री मोदीले नेपाललाई विशेष महत्व दिएको सुनाए ।

‘नेपाल–भारत सम्बन्धमा अब नयाँ गति कायम हुन्छ’–उनले थपे,‘वर्षौदेखि सम्झौता गरेर थन्किएका प्रोजेक्टहरुले अब गति लिन्छन् । ती सम्झौताहरु कार्यान्वयनमा जान्छन् । यो राम्रो कुरा हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै  सिंहले अहिले नेपाल–भारत द्धिपक्षीय सम्झौताहरु धमाधम कार्यान्वयनको दिशामा अघि बढिरहेको पनि सुनाए । उनले भने,‘हाईडा«ेपावर, हुलाकी राजमार्ग, आईसिपीलगायतका प्रोजेक्टहरु धमाधम अघि बढिरहेका छन् । यो एकदमै सुखद पक्ष हो ।’

संयुक्त आयोगको बैठक दुवै देशको लागि उचित फोरम भएको सुनाउँदै सबै पक्षमा खुलेर कुराकानी गर्नुपर्ने उनले सुझाए । सिंहले अहिले नेपाल–भारतबीच कुनैपनि समस्या नरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot