Logo

रवि लामिछानेलाई २० दिन हिरासतमा राख्न माग



चितवन, ३ भदौ । चितवन प्रहरीले जिल्ला अदालत चितवनसँग न्यूज २४ का पत्रकारद्धय रवि लामिछाने र युवराज कँडेल, र नर्स अस्मिता कार्की तीनै जनालाई थप अनुसन्धानको लागि २० दिन हिरासतमा राख्न माग गरेको छ ।

सरकारी वकिल कार्यालयमार्फत प्रहरीले उनीहरुमाथि अनुसन्धान पूरा नभएको जनाउँदै यस्तो माग गरेको बुझिएको छ । शुक्रबार तीनै जनालाई अदालत पेश गरिएको थियो । शुक्रबार थुनछेकको बहसपछि अदालतले ५ दिन अनुसन्धानको लागि हिरासतमा राख्न अनुमति दिएको थियो । आज प्रहरीले २० दिन हिरासतमा राख्न माग गरेको छ । आज प्रहरीले मागेको समय प्रहरीले हिरासतमा राख्न पाउने अधिकतम समय हो ।

पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार लामिछानेसहित तीन जनालाई आज (मंगलबार) जिल्ला अदालत चितवनमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा रहेका उनीहरुलाई थप अनुसन्धानका लागि म्याद थप गर्ने गरी अदालत लगिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । चितवनको सुरक्षा व्यवस्था भने कडा पारिएको छ ।



प्रतिक्रिया दिनुहोस्