काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सुरु भएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ ।
संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकको टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बैठक बसिएको जनाइएको छ ।
बैठकमा नेकपाका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ, वामदेव गौतम, बिष्णु पौडेल, ईश्वर पोख्रेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल सहभागी छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, बिजय गच्छदार, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल सहभागी छन् । यस्तै समाजबादी पार्टी नेपालबाट अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव सहभागी छन् भने राजपाका तर्फबाट राजकिशोर यादव र महन्थ ठाकुर सहभागी छन् ।
सत्तारुढ दल नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा गएका छैनन् । नेपालले आजै पार्टीभित्र विविध कुरामा असन्तुष्टी जनाउँदै असहमति पत्र दर्ता गराएका थिए ।