Logo

नक्कली शिक्षकमाथि मुद्दा



जुम्ला । नक्कली प्रमाणपत्रसहित पक्राउ परेका शिक्षकमाथि अख्तियारले मुद्दा दायर गरेको छ । श्री चन्द्रसूर्य आधारभूत विद्यालय सिञ्जाका शिक्षक बीरबहादुर बुढामाथि नक्कली प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरेको भन्दै अख्तियारले पक्राउ गरेको हो ।

बुढाको आई.एस्सी.को शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको प्रमाणका आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ । उजुरीउपर छानविन हुँदा उनको शैक्षिक योग्यताको प्रमाणपत्र भारतको पटनाबाट प्राप्त गरेको खुल्न आएको छ । उनले नक्कली कागजात पेश गरी प्रा.वि. राहत अनुदान कोटाको शिक्षक पदमा नियुक्ति भै सेवामा बहाल रही भ्रष्टाचार गरेकोे हुँदा दण्ड सजाय हुन मागदाबी लिई २ भदौमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्