Logo

घुससहित प्रहरीहरु रङ्गेहात पक्राउ



काठमाडौं । घुस रकम सहित प्रहरी जवानहरु रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर साउद छन् । उनीहरुलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुसबापतको रकम लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क, गंगबुका प्रहरी जवान देबेन्द्र बलायर समेतले सवारी दुर्घटनाको पुलिस रिपोर्ट बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग विभिन्न बहाना बनाई घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ,टङ्गालबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा प्रतिवादीहरू सहित प्रहरी जवान लोकेन्द्र थापा समेतको प्रत्यक्ष मिलेमतो गरी दुर्घटना सिफारिस दिए बापत सेवाग्राहीसँग रू उक्त रकम लिई भ्रष्टाचार गरेकोे कसुर गरेको पुष्टि हुन आएको तीनै जनालाई जनही बिगो रू .एक लाख कायम गरी सजाय हुन मागदाबी लिई २ भदौमा विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरिएको छ ।

साथै प्रहरी जवान देवेन्द्र बलायरसँगै नियन्त्रणमा लिइएका प्रहरी जवान आकाश खनाल र निरज भण्डारीको घुस लिने कार्यमा प्रत्यक्ष संलग्नता नदेखिएता पनि घटनाको सम्पूर्ण तथ्य खुलाई अनुसन्धानको काम कारवाहीमा सहयोग गरेको हुँदा निजहरूको हकमा हाल मुद्दा नचलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार सजायको मागदावीमा पूर्ण छुट दिई साक्षीको रूपमा पेश गरेको हो ।



प्रतिक्रिया दिनुहोस्