Logo

बाढी पीडितलाई थप राहतको व्यवस्था गर्नुपर्छ : सांसद खतिवडा



काठमाडौं, ४ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रियसभाकी सदस्य धनकुमारी खतिवडाले तराई÷मधेशसहित देशका विभिन्न जिल्लामा आएको डुबान, बाढीपहिराका पीडितलाई थप राहतको व्यवस्था गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीमा गम्भीर बन्न सरकारलाई आग्रह गरेकी छिन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेकी हुन् । उनले भनिन्,“उदयपुरको मदनभण्डारी राजमार्गमा ४३ वटा पुल छिटो निर्माण सम्पन्न हुनुप¥यो । पुलको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० अनुसार काम हुनुप¥यो । खेतीयोग्य जमीन नष्ट हुनेतर्फ ध्यान दिनुपर्यो ।”



प्रतिक्रिया दिनुहोस्