Logo

राष्ट्रपति-भारतीय विदेशमन्त्री जयशंकर भेट



काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । ५ भदौको विहान शितलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा द्विपक्षीय हितका बारेमा कुराकानी भएको बुझिएको छ । भण्डारीले जयशंकरलाई विदेशमन्त्री भएको बधाई दिदै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेकी छिन् ।

भेटमा भारतका लागि नेपालका राजदूत निलाम्बर आचार्य, नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी, डिसिएम डा. अजयकुमारलगायत दुवै देशका उच्च अधिकारी सहभागी थिए ।

नेपाल भ्रमणमा ४ भदौमा आएका जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् । विदेशमन्त्री भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।



प्रतिक्रिया दिनुहोस्