Logo

झगडा र विवाद मिलाउन मेलमिलापकर्ता खटाइने



रिपोर्टस नेपाल । अब झगडा परे मेलमिलाप गराउन काठमाडौं महानगरपालिकाले नयाँ तरिका अपनाएको छ । उसले विवादलाई मेलमिलापबाट निरुपन गर्नका लागि मेलमिलापकर्ता खटाउने भएको छ ।

विवादहरु वडा र महानगरपालिकासम्म आउने क्रम बढेपछि काठमाडौं महानगरपालिकाले मेलमिलापकर्ताको व्यवस्था गर्न लागेको हो । महानगरपालिकाले स्थानीय तहका विवादलाई निरुपन गर्नका लागि ३२ वटै वडामा तालिमप्राप्त मेलमिलापकर्ता खटाउने भएको हो । ४ भदौको एक कार्यक्रममा महानगरपालिकाले ७५ जना मेलमिलापकर्ताहरुलाई प्रमाणपत्र दिएर जिम्मेवारी दिएको हो ।

महानगरपालिकाका अनुसार यसका लागि २४ दिन तालिम सञ्चालन गरेको थियो । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले तालिम प्राप्त मेलमिलापकर्तालाई प्रत्येक वडामा खटाएर स्वच्छ ढंगले न्याय दिलाउने बताईन । ‘महानगरपालिका र ३२ वडामा भएका विवादलाई मेलमिलापबाट निरुपन गर्नको लागि तालिम दिएका थियौँ,’ उनले भनिन,‘तालिम सम्पन्न भईसकेको छ । उनीहरुलाई प्रत्येक वडामा खटाउने छौँ । जनताले छिटो, छरिटो र स्वाच्छ न्याया पाउने छन ।’’ उनले धेरै मुद्धाहरुलाई न्यायिक समितिले मेलमिलापबाट समाधान गर्दै आएको समेत बताईन । ‘हामीले बहस गरेर भएपनि धेरै मुद्धालाई मेलमिलापबाट दुवै पक्षलाई न्याया दिदै आएका छौँ । तालिमकर्ताहरुले पनि स्वाच्छ भावनाले जनतालाई समान ढंगले विवादलाई निरुपन गर्नुपर्ने छ ।’ उनले थपिन । उनका अनुसार प्रत्येक वडामा दुई जना सम्म तालिमप्राप्त मेलमिलापकताईहरुलाई खटाईने छ । वडाका विवादलाई मेलमिलापद्धारा समाधान गरिने छ ।

तालिम संयोजक बखत बहादुर साउदले प्रमाणपत्र पाउने मेलमिलापकर्ताहरुको जिम्मेवारी महत्वपूर्ण रहने बताए । ‘विवादलाई मेलमिलापबाट निरुपन गराउने उदेश्यले तालिम दिएका छौँ,’ उनले भनिन,‘प्रमाणपत्र समेत पाईसकेका छन । मुद्धाका विवादलाई समाधान गरी दुवै जना जिताउनेमा उनीहरुको महत्वपूर्ण भूमिका रहने छ । आजदेखि यो जिम्मेवारी पाएका छन ।’ उक्त कार्यक्रममा मेलमिलाप पुस्तक समेत विमोचन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्