बाँके । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित युवाहरु पक्राउ परेका छन् । नेपाल प्रहरीले अवैध लागूऔषधसहित उनीहरुलाई रङ्गेहात पक्राउ गरेको हो ।
प्रहरीका अनुसार नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट लागूऔषध नाईट्रोभ्याट १५ ट्याबलेट, नाईट्रोसन १५ ट्याबलेट र टामाटस १० ट्याबलेट सहित दैलेख नारायण नगरपालिका–१० बस्ने १९ वर्षीय बिनोद थापालाइपक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
यसैगरी, कपिलवस्तु, कृष्णनगर नगरपालिका–२ लिङगेटबाट लागूऔषध नाईट्रोभेट ४ सय ५० ट्याबलेट, ट्रामाडोल हाईड्रोक्लोराईड क्याप्सुल ३ सय ९० ट्याबलेट र क्लोनाप्याक्स १ सय ट्याबलेट सहित दाङ तुल्सिपुर उपमहानगरपालिका–११ नवलपुर बस्ने १९ वर्षीय केशब कुँवर र घोराही उपमहानगरपालिका–११ बसपार्क बस्ने १८ वर्षीय आशिष क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषध सहित फेला परेको हो ।
कास्की, पोखरा महानगरपालिका–९ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ६२ एम्पुल, डाईजेपाम ६२ एम्पुल र फेनरागन ६२ एम्पुल सहित स्याङजा वालिङ नगरपालिका–३ तिनदोबाटो घर भई पोखरा महानगरपालिका–९ नागढुङ्गा बस्ने २६ वर्षीय बालकृष्ण रास्कोटी र भिरकोट नगरपालिका–३ बयरघारी घर भई पोखरा महानगरपालिका–९ नागढुङ्गा बस्ने २३ वर्षीया संगिता अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरुको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो । पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।