काठमाडौं । बालबालिकालाई विना इजाजत राख्नका लागि विभिन्न जिल्लाबाट ल्याउनेहरु पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी लगायत तीन जनाले विना इजाजत नमुना प्रगतिशिल महिला समाज नामक संस्था खोली बालबालिका राखेका थिए ।
प्रहरीका अनुसार विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले नागार्जुन नगरपालिका–४ वाफलस्थित उक्त संस्थाबाट ९ जना बालबालिकाहरु उद्धार गरेको थियो । कलंकीमा रहेको बाल हेल्पलाईनमा उद्धार गरिएका बालबालिकाहरुलाई राखिएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।