Logo

बार्सिलोनाका कप्तान मेस्सी प्रशिक्षणमा फर्किए



काठमाडौं, ५ भदौ । स्पेनिश जाईन्ट बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोट मुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । खुट्टाको चोट बोकेका मेस्सी एक साताको विश्रामपछि प्रशिक्षणमा फर्किएका हुन् । मेस्सीले बुधबार टिममा सामेल हुँदै प्रशिक्षण गरेका थिए ।

मेस्सीले गत साता प्रशिक्षणको दौरान पिडुलाको चोट बोकेका थिए । जसको कारण उनले स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेल समेत गुमाएका थिए । मेस्सीबिनाको बार्सिलोनाले सिजनको पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १-० को हार व्यहोरेको थियो ।

मेस्सी चोट मुक्त हुँदै टिममा फर्किएपछि बार्सिलोनालाई केहि राहत मिलेको छ । सिजनको सुरुवातमै बार्सिलोनालाई चोटले सताएको छ । बार्सिलोनाका लुइस स्वारेज र ओसुमाने डेम्बेले चोटका कारण मैदान बाहिर रहेका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्