Logo

हृदयघात (हार्ट-अट्याक) बाट जोगिने १० उपायहरु (भिडियोसहित)



काठमाडौं, ९ भदौ । बरिष्ठ हृदयरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले हृदयघात अर्थात् हार्ट अट्याकबाट बच्न सकिने उपायहरु सुझाएका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत हृदयघातबाट बच्न सक्ने उपायहरु सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेका उपायहरु यस प्रकार छन् :

१. चुरोटको सेवन नगर्ने (धुम्रपान नगर्ने)

चुरोटको सेवन गर्नेहरुलाई हृदयघातको एकदमै जोखिम हुन्छ । र, युवाहरुलाई त झन हार्ट अट्याक हुने सम्भावना बढि हुन्छ । त्यसैले चुरोटको सेवन पूर्ण रुपमा बन्द गर्न जरुरी हुन्छ ।

हार्ट अटेक हुनबाट रोक्ने प्रमाणित १० उपायहरु !

हार्ट अटेक हुनबाट रोक्ने प्रमाणित १० उपायहरु !यि उपायहरुले हृदयघातको जोखिमलाई ९०-९५% सम्म घटाऊन सक्छ I

Posted by Dr.Om Murti Anil on Thursday, 4 July 2019

२. मदिराको सेवन नगर्ने (अल्कोहल सेवन बन्द गर्ने)

अत्यधिक मदिरा सेवन गर्नुभयो अर्थात एकै दिनमा धेरै मदिरा सेवन गर्ने व्यक्तिको मुटुरको रक्तनलीमा क्लट बनेर हार्ट अट्याक हुनसक्छ । पछिल्लो अध्ययन तथा अनुशन्धानले पनि मदिराको सेवनमा रोक लगाईएको छ ।

३. दैनिक शारिरीक गतिविधि गर्नु (रेगुलर फिजिकल एक्टिभिटिज)

यदि एउटा स्वस्थ व्यक्तिले प्रत्येकि दिन ३० देखि ६० मिनेटसम्म छिटो छिटो हिँड्नुहुन्छ र जोखिम भएका व्यक्तिहरुले एक घण्टा बढि हिँड्नुहुन्छ भने मुटु रोग र हृदयघातको जोखिम घटाउँछ । तपाईहरुले शारिरीक गतिविधि गर्ने जुनसुकै प्रक्रियामा पनि चयन गर्न सक्नुहुन्छ ।

४. तौल नियन्त्रण गर्ने (वेट कन्टोल )

यदि कसैको तौल बढि छ भने यसको कारणले गर्दा उसलाई मुटुको जोखिम पनि बढि हुन्छ । तौल घटाउन सकियो भने हृदयघातको जोखिम घटाउन सकिन्छ ।

५. स्वस्थ आहारको सेवन गर्नु

खानामा नून, चिनी र चिल्लोको बढि प्रयोग छ भने त्यसलाई घटाउनुपर्छ । अस्वस्थ आहारले कोल्डस्टोल बढाउने, सुगर बढाउने, रक्तचाप बढाउने र तौल बढाउने गर्नसक्दछ ।

६. प्रशस्त फलफूल, सागसब्जी, हरियो तरकारी र माछाको प्रयोग

दैनिक यस्तो खानेकुरामा ध्यान दिनुपर्छ । दिनमा हामीले दुई देखि तीन पटकसम्म फलफुल खानुपर्छ । त्यस्तै, दिनमा तीन देखि पाँच पटकसम्म हरियो तरकारी खाने । त्यस्तै, कम्तिमा हप्तामा दुई पटक माछा खानुपर्छ । सकेसम्म खानामा भातको मात्रा कम हुनुपर्छ । बरु, दाल, तरकारीको मात्रा बढि हुनुपर्छ । मिलको चामलभन्दा उसिनेको चामल र गहुँ र जौलाई त्योभन्दा राम्रो मानिन्छ ।

७. नियमित स्वास्थ्य जाँच

यदि तपाई चालिस वर्ष हुनुभएको छ भने तपाईले आफ्नो सुगर, प्रेसरलगायतका चेकजाँच गर्नुपर्छ । हेल्थी व्यक्तिले पनि आफ्नो नियमित स्वास्थ्य जाँच गराउनुपर्छ ।

८. बिपी, सुगर र कोलस्टोललाई नियन्त्रणमा राख्ने

शारिरीक गतिविधि गरेर हुन्छ वा खानपिनमा ध्यान दिएर हुन्छ की वा तौल नियन्त्रण र औषधी सेवन जे गरेर हुन्छ यी तीन वटै कुरालाई नियन्त्रणमा राख्नुपर्छ । हृदयघात हुने मुख्य कारण भनेको नै यीनै हुन् ।

९. नियमित औषधी सेवन गर्नुपर्छ ।

धेरै व्यक्तिलाई हृदयघात रोक्नकोलागि औषधी सेवन गर्न सल्लाह दिईन्छ । विशेषगरेर एस्पीरिन र कोलस्टोलका औषधीहरु । यसको निरन्तर प्रयोग गर्नुपर्छ । कुनै दिनपनि औषधी सेवन गर्न टुटाउनुहुँदैन ।

१०. मानसिक तनाव, रिस र डिप्रेसनबाट बच्नुपर्छ

मानिसले यी तीन वटै कुरालाई मिनिमाईज गर्न जरुरी छ । यी पनि लुकेका कारण हुन ।



प्रतिक्रिया दिनुहोस्