चितवन । अहिले चितवनमा सबैको ध्यान गएको छ । सञ्चारकर्मी रवि लामिछाने जिल्ला प्रहरी कार्यालय चितवनको थुनामा छन् । उनीमाथि आत्महत्या दुरुत्साहनको मुद्दा अदालतमा विचाराधीन छ ।
रविका समर्थकहरुले चितवनमा प्रदर्शन गर्दै आएका छन् । चितवनमा स्थिति असामान्य बनिरहँदा विद्रोही नेत्रविक्रम चन्द विप्लव समूह समेत सक्रिय भएको छ । उसले प्रतिक्षालय भत्काइएको बिरोधमा चितवन बन्द आव्हान गरेको छ । चितवनको राप्ती नगरपालिकामा विप्लवको दलले बनाएको प्रतीक्षालय प्रहरीले भत्काइदिएको विरोधमा चितवन बन्दको घोषणा गरिएको थियो ।
बन्दले चितवनको जनजिवनमा सामान्य प्रभाव परेको छ भने सवारी साधन निर्वाध रुपमा चलेका छन । संगठनल प्रतिक्षालयमा बिभिन्न नाराहरु लेखेका कारण उक्त प्रतिक्षालयनै भत्काइएको थियो ।