Logo

धर्मगुरु रेम्पोर्छे भूपति बज्र लामामाथि नक्कली धर्मगुरु भनी कुप्रचार गरेको भन्दै बौद्ध शान्ति अभियान, नेपालको आपत्ति (भिडियोसहित)



बौद्ध स्तुपा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सरकारसँग माग

काठमाडौं, ९ भदौ । बौद्ध शान्ति अभियान, नेपालले घ्याङ गुठीका संस्थापक चिनिया लामाको सन्तानको कुनै अधिकार छैन र बौद्ध स्तुपामा बौद्ध क्षेत्र विकास समितिको एकाधिकार हुनुपर्दछ भन्ने मान्यता बोकेका केही शक्तिहरुले अबैध आर्थिक चलखेल चलाउने र बौद्ध धर्मलाई नै समाप्त गर्ने उद्देश्यले वर्तमान प्रमुख संरक्षक धर्मगुरु रेम्पोर्छे भूपति बज्र लामामाथि नक्कली धर्मगुरु भनी कुप्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा बौद्ध शान्ति अभियान, नेपालले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो स्पष्ट पारेको हो । बौद्ध स्तुपामा एकाधिकार चलाउन खोज्ने शक्ति र समूहहरुले चिनियाँ लामा पदबाट बर्खास्त गर भन्ने आधारहीन आरोप लगाउँदै ‘बौद्ध बचाऊ, चिनिया लामा हटाऔं’ भनि निराधार, कपोकल्पित र झूठो आरोप लगाइरहेको भन्दै त्यसमा पनि अभियानले आपत्ति जनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख संरक्षक परमपुज्य औतारी धर्मगुरु रेम्पोर्छै चिनिया लामा भूपति बज्र लामाले बौद्ध स्तुपाको क्षेत्राधिकारबारे प्रष्ट पारेका थिए । उनले कानूनी रुपमा उच्च अदालतको फैसलाअनुसार श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको स्वामित्वमा सम्पूर्ण अधिकार रहेको व्यहोरा सुनाए ।

तर, उक्त स्तुपामा कानुनी अधिकारमाथि हस्तक्षेप गरेर तामाङ कल्याण गुठीले छ्योमे बत्तिघर तथा तामाङ कल्याण गुठीको भवन बनाएर आफूहरुको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको उनले आरोप लगाए । उनले सरकारको स्वामित्वमा रहेको बौद्ध क्षेत्र विकास समितिले पनि आफूहरुको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दै नियम नै नभएको कुरामा विदेशी पर्यटकहरुसँग चर्को प्रवेश शुल्क लिने गरेको दाबी गरे । उनकाअनुसार विकास समितिले दैनिक रुपमा न्यूनतम चार लाखदेखि ८ लाखसम्म प्रवेश शुल्क उठाउने गरेको छ ।

कार्यक्रममा अभियानका संयोजक बुद्धराज लामाले प्रेस वक्तव्य वाचन गरेर सुनाएका थिए । उनले बौद्ध स्तुपामा भैरहेका गलत क्रियाकलापहरुलाई रोक्नको लागि आफूहरु सचेत र पूर्ण प्रतिबद्ध रहेको पनि बताएका थिए ।

कार्यक्रमको सञ्चालन तामाङ तथा बौद्ध धर्मसँग सम्बन्धित ३६ वटा संघसंस्था एवम् गुम्बाका संयोजक तथा तामाङ फाउण्डेशन नेपालका अध्यक्ष अरुण घिसिङले गरेका थिए ।

अभियानले शान्तिपूर्ण मार्गबाट २०७५ जेठ २४ गते उच्च अदालत पाटनको फैसलालाई कार्यावन्यन गर्न/गराउन दवावमुलक कार्यक्रमहरु सञ्चालन गर्ने भन्दै विशेष कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअनुसार प्रथम चरणको कार्यक्रममा २०७६ भदौँ १३ गतेदेखि असोज १० गतेभित्र प्रदेश नम्बर ३ भित्रको जिल्ला प्रशासन कार्यालयमार्फत नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालई ज्ञापनपत्र बुझाउने रहेको छ ।

त्यस्तै, प्रदेश नं. ३ को प्रदेश सरकारलाई २०७६ कार्तिक १ देखि ८ गतेभित्रमा ज्ञापन पत्र बुझाउने, २०७६ कार्तिक १५ गते देखि २९ गतेभित्रमा केन्द्रिय संघीय सरकारको प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने, २०७६ मंसिर १ गतेदेखि ३० गतेभित्रमा सरोकारवाला विभिन्न संघ–संस्था, राजनितिक, सामाजिक, बुद्धिजिवी, पत्रकार, गुम्बा तथा धार्मिक गुरुहरुसँग व्यापाक अन्तरक्रियात्मक विचार गोष्ठीहरु संचालनको साथै पर्चा, व्यानर, अनलाईन मिडियाबाट व्यापक प्रचारप्रसार गरिने, २०७६ असोज ७ गते दशमीको दिन बौद्ध स्तुपा परिसरभित्र बौद्ध शान्ति पुजाको आयोजना गरिने पनि अभियानले जनाएको छ ।

अभियानले बौद्ध क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीले आफ्नो काम, कर्तव्य तथा कानुनी क्षेत्रधिकार नाघेर श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीमाथि आँखा चिम्लेर प्रहार गर्नुको कारण के हो ? भन्दै प्रश्नसमेत तेर्साएको छ । उसले यो प्रकरणमा छानविन गरि त्यसको सत्य, तथ्य सार्वजनिक गर्दै अराष्ट्रिय तत्वहरुलाई न्यायको कठघरामा उभ्याई बौद्धनाथ क्षेत्र परिसरलाई अविलम्ब निषेधित क्षेत्र घोषणा गर्न पनि नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ ।

अभियानका संयोजक बुद्धराज लामाको नाममा जारी गरिएको विज्ञप्तीअनुसार बौद्धनाथ क्षेत्र विकास समितिबाट अदालतको फैसलाको मर्मविपरीत कार्य गरिरहेको आरोप लगाईएको छ । त्यस्तै, बौद्धनाथ क्षेत्र विकास समितिबाट पर्व पूजा अवरोध गर्ने, पुजा सामग्री नष्ट गर्ने, लामा, पुजारी, भिक्षुहरुलाई गालीगलौज गर्ने, राष्ट्रिय, अन्तराष्ट्रिय पाहुना, धर्मगुरुहरुमाथि अपमान गर्ने कार्यहरु गरिरहेको पनि विज्ञप्तीमा दाबी गरिएको छ ।

गुठीका परमपुज्य औतारी धर्मगुरु रिम्पोन्छे भूपति बज्र लामाप्रति विभिन्न लाञ्छाना लगाई कपोल्पित भ्रम सिर्जना गरी पत्राचार साथै पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुमा प्रचार गरी धर्मगुरुप्रति अनास्था फैलाउने कार्य भइरहेको पनि अभियानको अर्को आरोप छ । स्तुपा क्षेत्रभित्र जथाभावी विद्युतीय उपकरण जडान गरिएको, स्तुपा परिसरभित्र गुठीको ताला फोरेर विकास समितिको ताला लगाएको र बौद्ध घ्याङ गुठीका कर्मचारी, सुरक्षाकर्मी, लामा, पुजारी भिक्षुहरुलाई धम्क्याउनेजस्ता गलत काम पनि बौद्धनाथ क्षेत्र विकास समितिबाट भैरहेको अयिभानको गम्भिर आरोप छ ।

त्यस्तै, तामाङ कल्याण गुठीबाट पनि विभिन्न गैरकानूनी कामहरु भैरहेको अभियानको ठोकुवा छ । उसकाअनुसार विश्व सम्पदाको मर्मविपरीत स्तुपाभित्र टहरा बनाई सो टहरामा छ्योमे बत्ती बाल्न दिई आर्थिक चलखेल गरेको र उक्त घरमा केही व्यक्तिले आत्मदाह गरेको अवस्था पनि छ । विज्ञप्तीमा भनिएको छ,‘केही विदेशी नागरिकहरुले शरीरमा आगो लगाई अंगभंग भएको अवस्था छ ।’

त्यस्तै, तामाङ कल्याण गुठीबाट स्तुपा क्षेत्रभित्र टहरा बनाई बत्ती बालेको सम्बन्धमा टहरा हटाउनको लागि पुरातत्व विभागमा पत्रचार गर्दा पनि हटाउने कार्य नभएको, बौद्ध घ्याङ गुठीको फुलबारी बँगौचा कि. नं. १२५ को क्षेत्रफल १–३–२–० जग्गा अतिक्रमण गरी पार्टी प्यालेस र टहरा निर्माण गरेको, हटाउनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्रचार गर्दा पनि हटाउने कार्य नभएको अभियानको दाबी छ ।

उक्त गुठीका अध्यक्ष लगायतका पदाधिकारीले गुठीका धर्मगुरुविरुद्ध लाञ्छाना लगाउने, विभिन्न निकायमा भ्रमपूर्ण पत्राचार गर्ने, डेलिगेसन जानेजस्ता गलत कार्य गरेको साथै पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुमा प्रचार गरी धर्मगुरुप्रति अनास्था फैलाउने कार्य गरेको पनि अभियानको अर्को दाबी छ । धर्मगुरु भूपति बज्र लामाबाट पुजामा समेत रोक लगाइएको भन्ने झुठो आरोप लगाइएको हुँदा धर्म र धर्मगुरुप्रति अनास्था फैलाउने र चरित्रहत्या गर्ने दोषीमाथि कडा कारवाही होस् भनी नेपाल सरकारसमक्ष अभियानले माग गरेको छ ।

“प्रेस वक्तव्य”
“ऊँ आ हुँ बज्र गुरु पदमा सिध्दि हुँ”
मिति : २०७६ भदौँ ९ गते
स्थान : रिर्पोटर क्लब, काठमाडौँ

पत्रकार बन्धुहरु
८४ (चौरासी) लाख बुद्ध, बोधिसत्व र देव– देवीहरुद्वारा समुदघाटन पश्चत आशिर्वाद प्राप्तपछि ज्योतिमा परिणत भई शितको थोपा– थोपा जम्म गरी झ्यारुङ खस्यो ५ (पाँचौँ) शताब्दीमा निर्मित, बौद्धनाथ स्तुपाको नामले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत नेपाल लगायत विश्वका बौद्धमार्गी तथा मानव समुदायको आस्थाको गौरबमय केन्द्र हो । बौद्धनाथ स्तुपा÷ शान्तिप्रेमी मानव समुदयाको आस्था र विश्वासको धरोहर भगवान बुद्ध विश्वशान्तिको अग्रदुध, सम्पूर्ण प्राणीहरुको ईच्छा, आकाक्षा पुरा गर्ने एक मात्र त्रिरत्न संसारकै चिन्तमणि हो बौद्धनाथ स्तुपा ।

बुद्ध दर्शनलाई अंगल्नु भनेको धम्म मार्गमा हिड्नु हो । यहाँ धम्म –मार्ग भनेको के हो भन्ने प्रश्न उठ्न सक्छ । धम्म –मार्गमा हिड्नु भनेको पृथ्वीको जुनसुकै देश, जाति, वर्ण, सम्प्रदाय, लिंगले सदाचारको जीवन, मनलाई वंशमा राख्नु र भावनामयी प्रज्ञा जगाएर स्ंवयम निर्वाण सुख प्राप्त गर्नुको साथै अरुको खुसीका निम्ति कोसिस गरिरहनु नै धम्मको मूल उद्देश्य हो ।

मानव जीवनको कल्याण कसरी हुन सक्दछ, मानिस सुखी र प्रसन्न कसरी रहन सक्दछ, समाजमा समानता, भातृत्व, प्रेम र सौहार्दता, शान्ति र खुसीयाली कसरी रहन सक्दछ भन्ने प्रश्नको उत्तर दिनु नै बुद्ध धर्मको उद्देश्य हो । मानव जीवनका सबै क्षेत्रमा एक व्यक्ति वा समुहले अर्को व्यक्ति वा समुहप्रति असल व्यवहार गर्नु हो । धर्मको मार्गविना समाजको प्रगति र समुद्धि सम्भाव छैन । जसले स्वतन्त्र चहान्छ उनीहरुका लागि बुद्धको मार्ग(धर्म) अनिवार्य आवश्कता पर्दछ । बुद्धका अनुसार बौद्ध धर्म भनेको प्रज्ञा र करुणा हो । प्रज्ञा केका लागि ? प्रज्ञा, निर्मल बुद्धि र विवेकको विकास गर्नु को लागि हो । करुणा केका लागि ? करुण दया, प्रेम र मैत्री मानव प्राणीहरुका लागि भौतिक जीवनभर व्यवहारमा प्रयोग गर्नु हो । त्यसैले बुद्धधर्म (मार्ग) जीवन र जगतको लागि अति आवश्यक अनन्दा कालसम्म रहिरहने पूर्णरुपले वैज्ञानिक छ, जसमा रुढिवाद र अन्धविश्वासका लागि कुनै स्थान छैन । त्यसैले सबैलाई प्रगतिशील मार्गमा अघि बढाउँछ । अत : बौद्ध दर्शनले कुनै देश, जाति, भाषा, धर्म र लिंग बिच सत्य असत्य भनि उच्च–निचको विभेदकारी दृष्टि राख्दैन । मानव एकता र सभ्य समाज निर्माण गर्ने लक्ष्य र उद्देश्य नै विश्वशान्ति र मानव कल्याण गर्ने बुद्धधर्मको मार्ग दर्शन सिद्धान्त हो ।

क. बौद्ध स्तुपाको इतिहास चिनियाँ लामा पदवीबाट सम्बोधन गरिने भूपति बज्र लामाको पुर्खाहरुले परम्परादेखि नै घ्याङ गुठी स्थापना गरी यस बौद्ध स्तुपाको सम्बर्धन, प्रबर्दन गरिमा र महत्वलाई युनेष्कोले विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रको अस्तित्व र पहिचान बनाउन योगदान गर्दै आएको घ्याङ गुठीको संस्थापक चिनिया लामाको सन्तानको कुनै अधिकार छैन र बौद्ध स्तुपामा विकास क्षेत्रको एकाधिकार हुनुपर्दछ भन्ने मान्यता बोकेका केही शक्तिहरुले अबैध आर्थिक चलखेल चलाउने र बौद्ध धर्मलाई नै समाप्त गर्ने उद्देश्यले वर्तमान प्रमुख संरक्षक धर्मगुरु रेम्पोर्छे भूपति बज्र लामामाथि नक्कली धर्मगुरु भनी कुप्रचार गर्दै चिनियाँ लामा पदबाट बर्खास्त गर भन्ने आधारहीन आरोप लगाउँदै बौद्ध बचाऊ चिनिया लामा हटाआँ भनी निराधार, कपोकल्पित र झूठो आरोप लगाइरहेको छ ।

ख. मिति २०७५ जेठ २४ गते समानित उच्च अदालत पाटनले बौद्ध स्तुपाको नित्र्य पूजालाई व्यवस्थित गर्ने र संरक्षणको अधिकार घ्याङ गुठीकै भएको फैसला भएको सर्वविधितै छ । अदालतको फैसलाको ठहर खण्डको सि. नं. १६ मा बौद्ध घ्याङ गुठीले साबिकदेखि उक्त गुठीको जग्गा र सोमा रहेका मठ, मन्दिर, गुम्बा, विहार, पोखरी आदि प्राकृतिक वा मानव निर्मित संरचाको सञ्चालन प्रर्बद्धन र सम्बद्धन गर्ने र पर्व पूजा गर्ने कर्तव्य गुठी संस्थान ऐन २०३३ को दफा १६ उपदफा २ बमोजिम चिनिया लामाको भएको भनी स्पष्ट उल्लेख गरेको छ ।

ग. अदालतको फैसलाको ठहर खण्डको सि. नं. २५ मा गुठीको क्षेत्रभित्र दर तोकेर चन्दा लिन उठाउन प्रतिबन्ध लगाएको भएता पनि नेपाल सरकारको स्वीकृति लिई केही निकायहरुमा चन्दा उठाएको पाइन्छ । बौद्धनाथ क्षेत्र विकास समितिले प्रक्रिया पुरा गरी रकम उठाएको पाईएन । गुठी क्षेत्र भित्र रक उठाउने कार्य बौद्धनाथ क्षेत्र विकास समितिबाट नभई गुठी संस्थान अन्तर्गत गुरु महन्त पुजारीबाट हुने गरेको पाइएकोले गुठी क्षेत्रभित्र समितिले रकम लिन वा उठाउने कार्य कानुनसम्मत देखिन आएन भनी स्पष्ट उल्लेख गरेको छ ।
घ. फैसलाको ठहर खण्डको सि. नं. २७ मा गुठी संस्थान वा घ्यान गुठीको विना स्वीकृति स्तुपा परिसरभित्र कि. नं. ४७ र १९० स्थित गुम्बा, विहार, पोखरी, स्तुपा लगायतको प्राकृतिक वा मानव निर्मित क्षेत्रमा उक्त विकास समितिको पूर्ण अधिकार नभई सम्बन्धित निकाय, अधिकारीको स्वीकृति, समझदारी, समन्वय, सहकार्य र सम्झौता नगरी स्वच्छाले काम गर्न पाउने काननी हैसियत रहँदैन भन्ने उल्लेख गरेको छ ।

ङ. फैसलाका ठहर खण्डको सि. नं. २८ मा सर्वोच्च अदालतबाट विकास समितिको सम्बन्धमा भएको फैसला समेतलाई ध्यान राखी बौद्धनाथ विकास समितिले गुठी संस्थान ऐन, २०३३ को दफा १६ बमोजिम नियुक्ति बौद्ध तथा मेलम्ची घ्याङ गुठीको परमपुज्य औतारी धर्मगुरुको काम, कर्तव्य र अधिकार क्षेत्रमा असर पर्ने गरी समिति गठन आदेशको प्रतिकूल पर्ने गरी अधिकार क्षेत्र विस्तार गर्नेतर्फ उन्मुख हुने प्रचुर आंशकाको स्थिति देखिएकाले उक्त कार्यलाई निषेध गर्नु आदेश जारी गर्नु पर्ने अपरिहार्य आवश्यता देखियो । माथि उल्लेखित विवेचित आधार र कारणबाट घ्याङ गुठीको सञ्चालन र पुजाआजा गर्ने कार्यमा बाधा अड्चन, नियन्त्रण समेतको कार्य नगर्नु, नगराउनु भनी बौद्धनाथ क्षेत्र विकास समितिको नाममा निषेधाज्ञाको आदेश जारी हुने ठहर्छ भनि फैसला भएको छ । तर अदालतको आदेशको समेत प्रवाह नगरी पुस्तौदेखि परम्परागतरुपमा पुजापाठ गर्दै आइरहेको धर्मगुरु भूपति बज्र लामा नेपाली नागरिक हुँदाहुँदै विदेशी नागरिक भएको जस्ता गलत प्रचार गरिएको छ । हालै गठित बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले चिनियाँ लामाको अधिकार पुजा गर्नेसम्म हो स्तुपा क्षेत्रभित्र जे जति कार्य गर्ने गराउने हो मेरो अधिकार क्षेत्र हो भनी परम्परागत काम कारबाहीमा अबरोध गर्ने, पुजास्थल तोक्ने, व्यानर, पोष्टर राख्ने, धर्मगुरुहरुको अपमानजनक प्रचार गर्ने कार्य भएका छन् ती कार्यहरु कानुनीराजको उपहास हुन् । साथै बौद्ध धर्म र दर्शन प्रचारको लागि विश्वभर पुग्ने धर्मगुरु मात्र होइन, बौद्धमार्गीमाथि नै प्रहार गर्ने कार्य हुन ।

च. समितिले प्रवेशद्धारमा रकम लिई रसिद दिने बौद्धनाथ स्तुपाका प्रवेश गर्ने श्रद्धालु भक्तजनहरुले दस्तुर बुझाए नबुझाएको निरीक्षण गर्न प्रहरी तैनाथ गरी उठाइरहेको छ । नेपालको संविधानको धारो ११५ ले कानुन बमोजिम बाहेक कुनै कर लगाइने र उठाइने छैन भन्ने र धारा २०३ ले कानुन बमोजिम बाहेक प्रदेशमा कुनै कर लगाइने र उठाउने छैन भन्ने धारा २२८ ले कानुन बमोजिम बाहेक स्थानियतहमा कर लगाउन र उठाउन पाइने छैन भन्ने संवैधानिक प्रावधान रहेको छ । यसैगरी नागरिक अधिकार ऐन, २०१२ को दफा ८ मा कुनै कर कानुनको अख्तियार बिना लगाउने वा असुल गरिने छैन भन्ने व्यवस्था गरेको पाइन्छ । यसकारणले समितिले चन्दा ऐन अन्तर्गत चन्दा वा रकम उठाउने विधि र प्रकिया पुरा नगरी गुठी क्षेत्रभित्र उठाउन नपाउने कानुन हुँदा हुँदै उक्त कानुनलाई हातमा लिई रकम उठाइरहेको छ ।

छ. धार्मिक तथा पर्यटकीय क्षेत्रमा रकम उठाउने अर्को एक प्रक्रिया हो । जसलाई चन्दा (म्यलबतष्यल) उठाउने भनिन्छ । यस्तो रकम उठाउने कार्य पनि कानुनको प्रक्रिया पुरा गरी उठाउनु पर्ने देखिन्छ । चन्दा ऐन, २०३० ले गरेको कानुनी प्रावधानहरुलाई हेर्दा स्वेच्छाले कुनै धार्मिक वा परोपकारी उद्देश्यले दर नतोकि स्वेच्छाले चन्दा दिने लिने कुरालाई बन्देज लगाइएको अवस्था पाइदैन र दान वा चन्दा दर रेट तोकेको हुँदैन र सुपरिवेक्षण पनि हुँदैन । करकापले लिने कार्य दण्डनीय हुने बताइएको छ । विकास समितिले चन्दा ऐन अन्तर्गत चन्दा वा रकम उठाउने विधि र प्रक्रिया पुरा गरी रकम उठाएको होइन । पहिलो कुरा गुठी क्षेत्रभित्र समितिले कर वा रकम उठाउन पाइदेन किन कि गुठी संस्थानको पुजारी, महन्थको समझदारीमा नेपाल सरकारको स्वीकृत लिई मात्र रकम उठाउन पाइन्छ । त्यसैले समितिले बौद्ध प्रवेशद्धारमा रकम लिने वा उठाउने कार्य कानून सम्मत नभएकोले अविलम्ब बन्द गरिनु पर्दछ ।
विकास र तामाङ कल्याणको नाममा कानुन हातमा लिई विश्व सम्पदा तथा शान्तिको प्रतिक प्रति निर्माम पटक पटक किन प्रहार गरिरहेको हो ? समाजलाई विकास र कल्याणको भ्रम सृजना गरि भारत वर्षको शंकराचर्याले लगभग ९० लाख बौद्ध ग्रन्थ जलाएर बौद्धमार्गीहरु माथि हमला गरेझैँ नेपालको विश्व सम्पदा एवं धर्मगुरु र अनुयायीहरुमाथि फेरी पनि निर्माम प्रहार गर्ने षड्यन्त्रता होनन् ? भन्ने जनमानसमा गम्भीर प्रश्न उठ्न थालेको छ । त्यसैले नेपालको ऐतिहासिक पुरातत्व रत्नरुपी राष्ट्रिय अस्त्वि र पहिचानलाई बौद्धनाथ क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीले आफ्नो काम, कर्तव्य तथा कानुनी क्षेत्रधिकार नाघेर श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीमाथि आँखा चिम्लेर प्रहार गर्नुको प्रमुख कारण के हो ? छानविन गरि यसको सत्य र तत्थ सार्वजनिक गरि यस्ता अराष्ट्रिय तत्वहरुलाई अविलम्ब न्यायको कठघरामा उभ्याई बौद्धनाथ क्षेत्र परिसरलाई अविलम्ब निषेधित क्षेत्र घोषणा गर्न यस अभियान, नेपाल सरकारलाई जोडदार माग गर्दछौँ ।
चिनिया लामा पदमा वैधानिक नियुक्ती ः

१. युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत नेपाल र नेपालीहरुको आस्थाको गौरवमय चिन्तामणि धरोहर बौद्धनाथ स्तुपा तथा श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको प्रमुख संरक्षक चिनियाँ लामा पदमा ५ (पाँचौँ) शताब्दीदेखि परम्परा निजी गुठी हुँदै आएकोमा वर्तमान गुठी संस्थान ऐन, २०३३ दोस्रो संशोधन २०४९ ले प्रदत्त चिनियाँ लामा पदमा संस्थानले गुठी संस्थान ऐन, २०३३ को दफा १६ को उपदफा २ र संस्थान विनियम २०४९ को ३६ बमोजिम संचालक समितिको २०७३।३।७ को निर्णयले बौद्ध तथा मेलम्ची घ्याङ गुठीको चिनिया लामा पदमा परमपूज्य औतारी रेम्पोर्छे भूपति बज्र लामालाई नियुक्ति गरेको हो ।

२. गुठी संस्थान २०३३ दोस्रो संशोधन ऐन, २०४९ को दफा १६, १७ नागरिक अधिकार ऐन २०१२ को दफा ७ तथा नेपालको संविधान २०७२ को धारा २६ ले धार्मिक स्वतन्त्रताको हक प्रदान गरेको छ ः–

२६ को उपधारा १ मा धर्ममा अस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । त्यसैगरी उपधारा २ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षणहरु हुनेछ । तर धार्मिक स्थल धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानुनहरुको प्रयोग गर्दा कसैले पनि सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकुल हुने वा सार्वजनिक शान्ति भंग गर्ने क्रियाकलाप गर्न, गराउन वा कसैको धर्म परिवर्तन गराउने वा अर्काको धर्ममा खलल पर्ने काम वा व्यवहार गर्न वा गराउन हुँदैन र त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ ।

३. गुठी संस्थान ऐन २०३३ को परिच्छेद ३ को दफा १६ र १७ ले प्रत्यभूत गरेको काम कर्तव्य तथा अधिकारको प्रयोग गर्ने बौद्धनाथ क्षेत्र परिसरको किता नं. ४७ र १९० भित्र धार्मिक कार्य, रेखदेख, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको धार्मिक गुरुहरुको व्यवस्थापन, स्वागत व्यानर, होडिङ्ग बोर्ड राख्ने पूजा स्थल तोक्नुको साथै नियमित नित्यपूजा गर्ने गराउने जस्ता बौद्धनाथ संरक्षक प्रमुख धर्म गुरु औतारी रेम्पोर्छे भूपति बज्र लामाले मात्र गर्न पाउने गुठी संस्थानले प्रदत्त क्षेत्रधिकारमाथि बौद्धनाथ क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीका सिमित व्यक्तिको गैरकानुनी हस्तक्षेपले स्तुपा तथा बौद्ध धर्मको गरिम, महत्व, मान्यता र संबेनशीलतालाई समिति र कल्याण गुठीले बौद्धनाथ क्षेत्रभित्रको सामाजिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा प्राचिन ऐतिहासिक महत्वलाई नै समाप्त गरिएको छ । अत ः यी समिति र तामाङ कल्याण गुठीमाथि नै गम्भिर प्रश्न उठिसके छ यसको वर्तमान आवश्यकता र औचित्य छ कि छैन भन्ने ? नेपालको संविधान २०७२ को धारा ५६(४) बमोजिम स्थानीय सरकार गठन र संचालनमा आइसकेको हुनाले क्षेत्र विकास समिति स्वत खारेज गरिनु पर्दछ । यसको कुनै महत्व र आवश्यक त देखिदैन ।

बौद्धनाथ स्तुपाको गरिमा, प्रचिन पुरातात्विक ऐतिहासिक महत्व, मान्यता र संबेदनशिलता, जग्गा र सोमा रहेका गुम्बा, विहार, पोखरी, प्राकृतिक वा मानव निर्मित संरचनाको सञ्चालन प्रर्वद्धन र सम्बर्धन गर्ने सम्पूर्ण दात्यिव र जिम्मेवारी अन्य कुनैबाट आँच आउन नदिने प्रमुख संरक्षक चिनिया लामाको हो ।

बौद्धनाथ क्षेत्र विकास समिति र तामाङ कल्याण गुठीको गैरकानुनी हस्तक्षेप :

१. २०७४ कार्तिक २४–२६ गतेसम्म हुने ल्हाभाव दुइछेन (भुमछोक) लाख गण चक्र पूजा (देव अवतरंण पर्व) मनाउने तिथि परेको र सो अवधिमा स्वर्गबाट भगवान पवित्रस्थल बौद्ध स्तुपामा अवतरण हुने भएकोले स्तुपा (जगुर) हेरी पूजा गर्ने स दियौँदेखिको पराम्परा प्रचलन रहेको छ । यस पूजाको समयमा देश विदेशबाठ बौद्ध धर्मालम्बी,बौद्ध धर्मका लामा गुरु र विशिष्ट पाहुनाहरु आउने भएकाले निजहरुको सम्मान र स्वागतको लागि तयारी स्वरुप गुठी परिसर, ,मुलद्धार लगायत महतवपूर्ण स्थानमा ब्यानर, पोष्टर, होडिङ्ग बोर्ड, विशेष बत्ती बाल्ने व्यवस्था गर्ने लगायतका सामाग्रीहरु राखिएकोमा उक्त सामाग्रीहरु समिति र कल्याण गुठीले च्यात्ने र हटाइका,े मिति २०७४।७।१३ गते बेलुका रातीको समयमा बत्ती बाल्नु पर्नेमा सो गर्न नपाएको र सो अवधिमा पूजा गर्न स्तुपाको पूर्व तर्फको क्षेत्र तोक्ने कार्य बौद्धनाथ क्षेत्र विकास समितिबाट भई विवादको सुरुवात गरेको हो ।

२. समितिले कारबार्ही गर्ने क्षेत्राधिकार प्राप्त गर्न पाउने अवस्था उपरोक्त विकास समिति ऐन, २०१३ र गठन आदेश २०५३ बाट देखिदैन । समितिले बौद्ध स्तुपा भित्र व्यवस्थापन गर्ने कुरा गुठी संस्थानको मञ्जुरी विना सम्भाव छैन । समितिले गुठी संस्थानको अनुमतिविना कानुन हातमा लिई वार्षिकरुपमा “देवत्व अवतरण पर्व” उल्लासपूर्णरुपले मनाउने कार्यलाई नै प्रहरीले रोक लगाउनुले धर्म गूरु सम्पूर्ण बौद्धमार्गीहरुमाथि गहिरो चोट पु¥याएको कार्यलाई त्यो कालो दिन समितिको गैरकानुनी हस्तक्षेपले नै हो ।

३. धार्मिक र विकास मानव जीवन र गतिविधिका फरक फरक पाटा हुन । यी कुनै अर्थमा एक होइनन् । धर्म भनेको प्रत्येक व्यक्तिले आफ्नो स्वयमको मुक्ति (क्बखिबतष्यल) हासिल गर्नेव्यवहार हो । यस्तो मुक्ति ईश्वरप्रतिको अनुशासन र पूजावाट हासिल गर्न सकिन्छ । विभिन्न धर्ममा मुक्ति हासिल वा देवत्व प्राप्त गर्ने फरक फरक विचार रहेका पाइन्छ ।
विद्धान दुर्खिमका अनुसार धर्मको मुख्य ३ वटा कार्य हुन्छन् ती हुन् ः–

क. धार्मिक व्यवहार वा विश्वासबाट सामाजिक सद्भाव र एकता कायम गर्ने, धर्ममा आधारित नैतिकता र मापदण्ड लागु गरी सामाजिक नियन्त्रण सुनिश्चित कायम गर्ने र धर्मको पालन गर्न प्रेरित गरी सामाज नियन्त्रण गर्ने हुन ।

ख. विकासको अर्थ बृद्धि भैरहेको वा फक्रिने भन्ने पाइन्छ ।

ग. अर्को विकास भनेको नविन चरण प्रवेश गरी परिवर्तनको स्थितिको एक घटना भन्ने पाइन्छ । यसको आवश्यकतागत रुपमा र विकास एकै हौइन भन्ने कुरा स्वत: स्पष्ट छ ।

४. पुननिर्माण गर्नु भनेको बौद्धनाथ स्तुपाको गरिमा, प्रचिन पुरातत्वको महतव, मन्यता र संबेदनशिलतालाई समाप्त गरी चिहानमा परिणत गर्नु हो र बौद्धनाथ स्तुपा २०७२ को महा भुकम्पबाट भक्तिएकोमा बौद्धनाथ क्षेत्र विकास समितिले पुननिर्माण गरेको हो । समितिले उक्त स्तुपा पुरातत्व विभागको स्वीकृती लिएर पुननिर्माण गरेको पाइन्छ । पुननिर्माण कार्य सम्पन्न भएपछि गुठी संस्थानलाई हस्तान्तरण गर्नुपर्दछ र आफ्नो अधिनमा राख्ने र सञ्चालन गर्ने भन्ने होइन ।

बौद्धनाथ क्षेत्र विकास समितिबाट हाल भइरहेको गैरकानुनी कार्यहरु :

१. अदालतको फैसलाको मर्म विपरीत काई गरिरहेको ।
२. पर्व पूजा अवरोध गर्ने, पुजा सामग्री नष्ट गर्ने, लामा, पुजारी, भिक्षुहरुलाई लालीगलौज गर्ने, राष्ट्रिय, अन्तराष्ट्रिय पाहुना, धर्मगुरुहरुमाथि अपमान गर्ने कार्यहरु गरिरहेको ।
३. यस गुठीका परमपुज्य औतारी धर्मगुरु रिम्पोन्छे भूपति बज्र लामाप्रति विभिन्न लान्छाना लगाई कपोल्पित भ्रम सृजना गरी पत्राचार साथै पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुमा प्रचार गरी धर्मगुरुप्रति अनास्था फैलाउने कार्य भइरहेको ।
४. स्तुपा क्षेत्रभित्र जथाभावी विद्युतीय उपकरण जडान गरिउको ।
५. स्तुपा परिसरभित्र गुठीको ताला फोरेर विकास समितिको ताला लगाएको ।
६. बौछ घ्याङ गुठीका कर्मचारी, सुरक्षाकर्मी, लामा, पुजारी भिक्षुहरुलाई धम्क्याउने कार्य गर्दै आइरहेको ।

तामाङ कल्याण गुठीबाट हाल भइरहेको गैरकानुनी कार्यहरु :

१. विश्व सम्पदाको मर्म विपरीत स्तुपा भित्र टहरा बनाई सो टहरामा छ्योमे बत्ती बाल्न दिई आर्थिक चलखेल गरेको अवस्था छ । उक्त घरमा केही व्यक्तिले आत्मदाह गरेको अवस्था छ । केही विदेशी नागरिकहरुले शरीरमा आगो लगाई अंगभंग भएको अवस्था छ ।

२. स्तुपा क्षेत्रभित्र टहरा बनाई बत्ती बालेको सम्बन्धमा टहरा हटाउनको लागि पुरातत्व विभागमा पत्रचार गर्दा पनि हटाउने कार्य नभएको ।

३. यस बौद्ध घ्याङ गुठीको फुलबारी बँगौचा कि. नं. १२५ को षेत्रफल १–३–२–० जग्गा अतिक्रमण गरी पार्टी प्यालेस र टहरा निर्माण गरेको छ । हटाउनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्रचार गर्दा पनि हटाउने कार्य नभएको ।

४. उक्त गुठीका अध्यक्ष लगायतका पदाधिकारीले यस गुठीका धर्मगुरु विरुद्ध लान्छाना लगाउने, विभिन्न निकायमा भ्रमपूर्ण पत्रचार गर्ने, डेलिगेसन जाने कार्य गरेको सार्थ पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुमा प्रचार गरी धर्मगुरुप्रति अनास्था फैलाउने कार्य गरेको ।

अन्त्यमा धर्मगुरु भूपति बज्र लामाबाट पुजामा समेत रोक लगाइएको भन्ने झुठो आरोप लगाइएको हुँदा भर्म र धर्मगुरुप्रति अनास्था फैलाउने र चरित्रहत्या गर्ने दोषीमाथि कडा कारवाही होस् भनी नेपाल सरकार समक्ष माग गर्दछौँ । साथै, पुरातत्व विभागको २०७२।५।२१ गतेको पत्र र गुठी संस्थानको २०७५।२।५ गतेको पत्र यसै विज्ञप्ति साथ सङ्लग्न गरिएको छ ।

भावी कार्यक्रमहरु

शान्तिपूर्ण मार्गबाट मिति २०७५ जेठ २४ गते सम्मानित उच्च अदालत पाटनको फैसलालाई कार्यवन्यन गर्न गराउन दवावमुलक पहिलो चरणको निम्न कार्यक्रमहरु संचालन गरिने छ ।
प्रथम चरणको कार्यक्रमहरु :

१. २०७६ भदौँ १३ गतेदेखि असोज १० गते शुक्रबार भित्रमा ३ नं. प्रदेश भित्रको जिल्ला प्रशासन कार्यालय मार्फत नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र प्रमुृख प्रतिपक्ष दल नेपाली कांग्रेसको श्री शेरबहादुर देउवाज्यूलाई ज्ञापन पत्र बुझाउने ।

२. प्रदेश नं. ३ को प्रदेश सरकारलाई २०७६ कार्तिक १ देखि ८ गतेभित्रमा ज्ञापन पत्र बुझाउने ।

३. २०७६ कार्तिक १५ गते देखि २९ गतेभित्रमा केन्द्रिय संघीय सरकारको प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाउने ।

४. २०७६ मंसिर १ गतेदेखि ३० गतेभित्रमा सरोकारवाला विभिन्न संघ–संस्था, राजनितिक, सामाजिक, बुद्धिजिवी, पत्रकार, गुम्बा तथा धार्मिक गुरुहरुसँग व्यापाक अन्तरक्रियात्मक विचार गोष्ठीहरु संचालनको साथै पर्चा, व्यानर, अनलाईन मिडियाबाट व्यापक प्रचार प्रसार गरिने छ ।

५. २०७६ असोज ७ गते दशमीको दिन बौद्ध स्तुपा परिसरभित्र बौद्ध शान्ति पुजाको आयोजना गरिने छ ।

आर्थिक रुपमा विचलित तत्वहरुले धर्मगुरुमाथि उल्टै आर्थिक चलखेल गरेको भनी आरोप समेत लगाइएको छ । स्मरणहोस्, धर्मगुरुले हालसम्म बौद्ध स्तुपाको नाममा कुनै पनि किसिमको आर्थिक गतिविधि नगरेको स्पष्ट पार्दछौँ । सार्थ, धर्मगुरुले एक पैसा पनि हिनामिना नगरेको बरु उल्टै पुस्तौँदेखि बौद्ध स्तुपाको विकास र सम्र्बद्धनका लागि समर्पित हुँदै गुठी स्थापना गरी निजी सम्पति लगाएर यसको संरक्ष्ण गर्दै अन्तराष्ट्रियस्तरका समेत बौद्ध दर्शन र ज्ञानको प्रचारमा जुटेको व्यहोरा सबैमा अवगत गराउछाँै । त्यसैले धर्ममा लिन बौद्ध धर्म, दर्शन र मानव कल्याणप्रति समर्पित धर्मगुरुलाई बदनाम गर्न खोज्नु बौद्धमार्गीहरु माथिकै गम्भीर प्रहार हो । तसर्थ विकास समितिबाट भए गरेका गैरकानुनी सबैखाले कपोकल्पित र झुठो आरोपको भ्रममा नपर्न सम्पूर्ण बौद्धमार्गी समक्ष अपील गर्दछौँ ।

संयोजक
बुद्धराज लामा
बौद्ध शान्ति अभियान नेपाल

 



प्रतिक्रिया दिनुहोस्