Logo

रवि लामिछाने धरौटीमा रिहाई हुँदै



काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘ रुकु’ को थुनछेक बहस भर्खरै सम्पन्न भएको छ ।

स्रोतका अनुसार लामिछाने धरौटीमा रिहाई हुँदैछन् । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका थिए । थुनछेक बहसपछि जिल्ला न्यायधीशले आजै साँझ ६ बजे निर्णय गर्दैछन् ।

 



प्रतिक्रिया दिनुहोस्