Logo

सालोबाट भिनाजुको हत्या



इटहरी । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिकामा सालोले भिनाजुको हत्या गरेका छन् । भोक्राहा नर्सिङ ५ का ४५ वर्षीय बहाव मियाँलाई सालो २५ वर्षीय नुरताज मियाँले घाँटीमा छुरी प्रहार गरेका हो । उपचारका क्रममा गम्भीर घाइते बहावको निधन भएको छ । भिनाजुको मृत्युपछि सालाले समेत विष खाएर आत्महत्याको प्रयास गरेको हो । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले होटलमा सँगै बसेर रक्सी खाइसकेपछि साइकलमा सँगै नहरै नहरको बाटो फर्किएका उनीहरुबीच नजिकैको धानखेतमा कुस्ती नै परेको अनुमान लगाएको छ । प्रहरीले दुवैबीच लेनदेनको विषयमा झगडा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिएको छ । सालो नुरताजको अवस्था विष खाएपछि पनि सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्