Logo

इन्डोनेसियामा बस्ने नेपाली प्रेमी–प्रेमिकाको मानव तस्करी धन्दा



काठमाडौँ । घुमघामका लागि नेपालीको नयाँ गन्तव्य इन्डोनेसिया मानव तस्करी गिरोहको समेत ट्रान्जिट बन्नथालेको छ । अस्टे«लिया पु¥याउने प्रलोभनमा इन्डोनेसिया लगेर बन्धक बनाउने र लुट्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ ।

इन्डोनेसियामा बसेर यसरी मानव तस्करी र ठगी धन्दा चलाउने एक जोडीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । पर्वतका शिव शर्मा र काभ्रे घर भएकी उनकी प्रेमिका अस्मिरा चौलागाइँसहितलाई पक्राउ गरी अनुसन्धान थालिएको मानव बेचबिखन नियन्त्रण ब्युरोले जनाएको छ । अनुसन्धानका क्रममा विगतमा अमेरिकाजस्तै अहिले अस्टे«लिया पठाइने भन्दै मानव तस्करी गर्ने नयाँ शैली देखिएको ब्युरोका एसपी गोविन्द थपलियाले बताए ।

ब्युरोले भारतीय नागरिक पुरुषोत्तमलाल तथा दोलखाकाका शशीकुमार तामाङ,म्याग्दीका डोलेन्द्र कार्की र काभ्रेका अर्जुन कार्कीलाई समेत पक्राउ गरेको हो । गिरोहका मुख्य नाइके पर्वतका शर्मा र भारतीय नागरिक लाल भएको प्रहरीले जनाएको छ । लाल इन्डोनेसियन युवतीसँग बिहे गरेर उतै बस्दै आएका थिए । उनकै सहयोगमा शर्मा र उनकी प्रेमिका चौलागाइँले इन्डोनेसियामा बसेर मानव तस्करी र ठगी धन्दा चलाउँदै आएका थिए । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्