Logo

बस दुर्घटनामा तीनको मृत्यु



काठमाडौं । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस आज बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख ९३१७ नम्बरको बस अन्दाजी बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन् ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा मृतकको सनाखत हुन नसकको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न नसके पनि तीव्र गतिका कारण हुनेसक्ने प्रहरीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्