Logo

राजकिशोर तानाशाही बनेको आरोप, राजनीतिक समितिको बैठक बहिष्कार गर्ने



काठमाडौं, ११ भदौ । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवको कार्यशैलीलाई लिएर पार्टीभित्र तिव्र असन्तुष्टि पैदा भएको छ । संयोजक यादवमाथि पछिल्लो समय पार्टीका अध्यक्ष मण्डलका सदस्यहरुलाई समेत बेवास्ता गर्दै बैठक डाक्ने र मनोमानी ढंगले अघि बढ्न खोजेको आरोप लागेको छ ।

पार्टीका महासचिव केशव झाले संयोजक यादवले पार्टीभित्र कसैसँगपनि छलफल तथा सल्लाह नै नगरी राजनीतिक समितिको बैठक डाकेकोमा आपत्ति जनाए । यही भदौ १३ र १४ गतेका लागि संयोजक यादवले डाकेको राजनीतिक समितको बैठकमा सहभागी नहुने उनको चेतावनी छ ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा महासचिव झाले भने,‘अध्यक्ष मण्डलको सदस्यसँग सल्लाह नै नगरी एकलौटी रुपमा बोलाईएको बैठकमा हाम्रो गम्भिर आपत्ति छ, यो बैठकले पार्टीलाई कुनै फाईदा पुग्दैन । यो सम्भव छैन ।’ उनकाअनुसार संयोजक यादवले उक्त बैठक पार्टी कार्यालयमै बोलाएका छन ।



प्रतिक्रिया दिनुहोस्