Logo

लागूऔषध ब्राउनसुगर सहित पक्राउ



काठमाडौं । प्रहरीले लागूऔषध ब्राउनसुगर सहित पक्राउ एक जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, बिर्तामोड नगरपालिका–४ डेरा गरी बस्ने हल्दिबारी गाउँपालिका–१ घर भएका २६ वर्षीय मनोज गुरुङलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ९० ग्राम सहित ११ भदौंमा पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका–५ स्थित सडकमा मे.९ प ४८३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी, प्रहरीले कास्की, पोखरा महानगरपालिका–६ लेकसाईड बस्ने ३१ वर्षीय कृष्ण लालचन र पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने २७ वर्षीय मोती प्रसाद गुरुङलाई नियन्त्रित लागूऔषध बुप्रिनर्फिन ७ एम्पुल, डाइजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र मोबाइल ३ थान सहित ११ भदौंमा पक्राउ गरेको छ ।

उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले फेला पारेको हो । साथै सोही दिनसोही कार्यालयबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–२७ तालचोक बस्ने २८ वर्षीय रबिन बिसङ्खेलाई नियन्त्रति लागूऔषध बुप्रिनर्फिन २५ एम्पुल, डाइजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल, र मोबाइल १ थान सहित पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । स्थानीय प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्