काठमाडौं । नेपाल प्रहरीका तीनजना अधिकृतलाई भारतीय गृहमन्त्री अमित शाहले पुरस्कृत गरेका छन् । भारतमा संचालित आइपिएस तालिममा उत्कृष्ट प्रदर्शन गरेका तीनजना नेपाल प्रहरीका अधिकृतहरु पुरस्कृत भएका हुन् ।
हैदरावादस्थित सरदाल बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा संचालिन आइपिएस ७० आरआर तालिममा उत्कृष्ट हुँदै पुरस्कृत हुने प्रहरी निरीक्षकहरुमा कृष्ण खड्का, अनु लामा र उमेश गुरुङ श्रेष्ठ छन् । खड्काले द आइपिएस एशोशिएसन स्वर्ड अफ अनर अफ द बेष्ट वाउटडोर प्रोबेसनर, लामाले १९५८ ब्याच आइपिएस अफिसर्स ट्रफी फर द बेष्ट लेडी आउटडोर प्रोबेसनर, श्रीमती विनोदिनी बर्मा मेमोरियल कप फर मुस्कर्टी द ५५ ब्याच अफ सिनियर कोर्स अफिसर्स ट्रफी फर द बेष्ट टर्नआउट र श्रेष्ठले द जयपुर कप फर पिटी ट्रफी प्राप्त गरेका हुन् ।
भारतको प्रहरी सेवामा आइपिएस तालिमले विशेष अर्थ राख्छ । प्रशिक्षार्थीहरुलाई पुरस्कृत गर्ने क्रममा भारतीय गृहमन्त्री शाहले नेपाल प्रहरीको समेत प्रशंशा गरेको बुझिएको छ । शाह नेपालीको साहस र कर्तव्यपरायणताको खुलेर प्रशंशा गर्न पुगेका हुन् ।
आइपिएस तालिममा नेपालबाट प्रहरी निरीक्षकहरु कृष्ण खड्का, अनु लामा, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र बोधराज रेग्मी सहभागी थिए ।
तस्वीर स्रोतः नेपाल प्रहरी