Logo

डेंगु रोक्न सेना परिचालन !



काठमाडौं १३ भदौ । डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।

चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्रहरीलाई संयुक्त रुपमा परिचालन गरिएको थियो । मन्त्रालयको स्वाथ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०७६ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलोपटक सेना प्रहरीको सहयोग लिएको सुनाए ।

उनले भने,‘१०० जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुभव छ, भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालन गरिएको उदाहरण छ ।’ हाम्रोमा पनि ठाउँ र परिस्थिती हेरी सेना र प्रहरी परिचालन गर्नुपर्ने धारणा उनले व्यक्त गरे । अन्नपूर्णपोष्ट्



प्रतिक्रिया दिनुहोस्