Logo

‘शेरबहादुर देउवालाई पचेन, हजम भएन’ (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अहिलेको अवस्था हजम नभएको बताएका छन् । उनले कम्युनिष्ट सरकारबाट देउवा आत्तिएको बताए ।

प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग विशेष कुराकानी गर्दै श्रेष्ठले भने, ‘शेरबहादुर देउवालाई कम्युनिष्ट सरकार पचेको छैन, हजम भएको छैन । लोकतान्त्रिक प्रणाली हो राम्रो ढंगबाट फेरि आउँला भन्ने छैन ।’ देउवाले नभएको कुरा प्रचार गरेर फेरि सत्तामा फर्कौंला भनेर नसोचे हुने उनको भनाई थियो । देउवा गलत प्रचारमा लागेको समेत आरोप लगाए ।

पार्टीभित्रका गतिविधिको सार्वजनिक टिपप्णी र आलोचना गर्न पाउनुपर्ने बताए । आलोचना गर्दा कारबाही भएमा आन्तरिक लोकतन्त्र नहुने बताए । श्रेष्ठले भने, हामी कम्युनिष्ट हौं, लोकतन्त्रका लागि लड्यौं, पार्टीभित्रको आलोचना गर्न नपाए र सार्वजनिक टिप्पणी गर्न नपाए के को लोकतन्त्र ? लोकतन्त्रमा स्वस्थ र सही ढंगले आलोचना गर्न पाइने उनको भनाई थियो ।

नेकपाभित्रको विषयबारे बाहिर टिप्पणी गरेको र बोलेकोमा केही नेताहरुलाई कारबाहीको माग भइरहँदा श्रेष्ठको पछिल्लो भनाई आएको हो । आलोचना गर्नेलाई कारबाही गर्ने पक्षमा आफूहरु नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्