Logo

ओलीमाथि खनिए बैद्य, सरकारले भ्रम छर्यो



रुपन्देही, १३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकारमा बसेका पार्टीहरुले कम्युनिष्टको बद्नामा गराउनेगरि काम गरिरहेको आरोप लगाएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन् । वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताए ।

उनले जनतामा भ्रम छर्ने काम गरेकोले वर्तमान सरकारलाई कम्युनिष्टको सरकार नभएको पनि टिप्पणी गरे । उनले भने,‘सरकार जताजता हावा चल्छ, त्यतै बग्ने गरेको छ ।’ उनले जनताको समस्याहरुको समाधान गर्न यो सरकारले नसक्ने दावीसमेत गरे ।

विप्लव समूहलाइ दमन गर्ने सरकारको नीति गलत भएको भन्दै उनले विप्लवको कार्य्दिशा पनि गलत नै रहेको बताए । त्यस्तै, उनले आफ्नो पार्टीले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा पनि गरे । आवश्यकताअनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिस्कार नै उपउयुक्त हुने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्