Logo

अभिनेत्री त्रिशा कश्मीर बच्चाहरुको लागि चिन्तित



लोकप्रिय तमिल अभिनेत्री त्रिशा कृष्णनले कश्मीरमा सरकारले धारा-३७० खारेज गरेर केन्द्र शासित प्रदेशलाई कर्फ्यूमा राखेपछि बच्चाहरु स्कूल नगएको कुरामा चिन्ता व्यक्त गरेकी छिन् । बाल अधिकार सम्मेलनको ३० औं बर्षको समारोहमा उनले चेन्नईको स्टेला मारिस कलेजमा यस्तो चिन्ता व्यक्त गरेकी हुन् ।

यस महिनाको शुरूदेखि नै भारतको केन्द्र सरकारले धारा-३७० खारेज गरेको कारण जम्मू-कश्मीर बन्दको स्थितिमा छ । केही क्षेत्रका विद्यालयहरू खोलिएता पनि विद्यार्थीको उपस्थिति कम देखिएको छ ।

उनले बच्चाहरूलाई यौन हिंसाको विषयमा वर्णन गर्दै मानिसहरूले मौनताको पुरानो युगको अन्त्य गर्नुपर्ने बताएकी छिन् । उनले नेरकोन्डा पर्वतवाई जस्ता फिल्ममा काम गरेकोमा अभिनेता अजितको प्रशंसा पनि गरिन् ।

सन् २०१७ मा त्रिशालाई चेन्नईको युनिसेफ सेलिब्रेटी अधिवक्ता प्रदान गरिएको हो । अभिनेत्री त्रिशाले एनीमिया, बाल विवाह, बाल श्रम र बाल दुर्व्यवहारजस्ता मुद्दाहरूलाई विशेषगरी तमिलनाडु र केरलामा सम्बोधनको प्रयास गर्ने र सहयोग पुर्याउने पनि प्रतिबद्धता जनाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्