काठमाडौं । देशभित्र जलवाष्प हावा प्रवेश गरेकाले पूर्वी तथा मध्यक्षेत्रभर वर्षा भएको छ । शनिबार विहान पूर्वी तथा मध्यक्षेत्रभर वर्षा भएको हो ।
मनसुनी न्यून चापीय रेखा औसतभन्दा केही दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका धेरै जसो भू-भागहरुमा सामान्य बदली भई पूर्व र मध्यमा धेरै भुभागहरुमा र पश्चिमका एक दुई स्थानमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम खालको वर्षा भएको महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार दिउँसो देशभरी सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।