Logo

पर्यटनमन्त्री भट्टराईले भेटे देउवालाई, के कुरा भयो ?



काठमाडौं, १४ भदौ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवासँगको भेटबारे जानकारी दिँदै मन्त्री भट्टराईले मन्त्रालयको काम र भ्रमण वर्षको बारेमा जानकारी गराएको बताए ।

उनले आफ्नो फेसबुक पेजमा एक स्टाटससहित यस्तो पोष्ट गरेका छन्,‘पूर्व प्रधानमन्त्री एवम प्रमुख प्रतिपक्षी दलका नेता माननीय शेरबहादुर देउवासँग आज बिहान उहाँको निवास बुढानीलकण्ठमा भेटघाट गरी मैले सम्हालेको मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराएको छु । मन्त्रालयका काम र भ्रमण वर्ष २०२० को बारेमा उहाँले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव दिनु भएको छ । त्यसका लागी म उहाँलाई हार्दिक ध्यानवाद ज्ञापन गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्