काठमाडौं । नेपाल प्रहरीमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीको सरुवा भएको छ । १४ भदौमा प्रहरी प्रधान कार्यालयले सरुवा निकालेको हो ।
सरुवा अनुसार ललितपुर प्रहरी प्रमुखमा टेकप्रसाद राई पुगेका छन् । उनी रवीन्द्र बहादुर धानुकको ठाउँमा पुगेका हुन् । धानुक कार्य विभागमा सरुवा भएका छन् । काठमाडौं प्रहरी प्रमुखमा हाल काजमा रहेका उत्तमराज सुवेदी नै बस्ने पक्का भएको छ । अपराध अनुसन्धान महाशाखामा काजमा रहेका सहकुल थापा नै रहने निश्चित भएको छ ।
सुनकाण्डमा मुछिएर सफाई पाएका एसएसपी दिवेश लोहनी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा पुगेका छन् । उनी यसअघि अपराध अनुसन्धान विभागमा थिए । धिरजप्रताप सिंह भर्ना छनौट शाखामा नै रहेका छन् ।
मानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्त प्रहरी प्रधान कार्यालय तालिम महाशाखा खटाइएका छन् । उनको स्थानमा भिमप्रसाद ढकाल ल्याइएका छन् ।
नाम सरुवा भएको
उत्तमराज सुवेदी, महानगरीय प्रहरी परिसर, काठमाडौं
उमेश रन्जितकार, प्रहरी प्राधन कार्यालय प्रहरी निरिक्षणलय
किशोरकुमार दाहाल, संघीय प्रहरी एकाई कार्यालय जनकपुर
गणेशबादुर ऐर, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार
घनश्याम अर्याल, प्रहरी प्रधान कार्यालय विशेष सशस्त्र प्रहरी महाशाखा
टेकप्रसाद राई, महानगरीय प्रहरी परिसर, ललितपुर
टेकबहादुर तामाङ, प्रहरी कल्याण महाशाखा
डा. गणेश रेग्मी, ५ नम्बर प्रदेश तालिम केन्द्र
डा. देवबहादुर बोहरा, आतंकवाद नियन्त्रण महाशाखा
दिलिपकुमार चौधरी, अपराध अनुसन्धान विभाग
दिवेश लोहनी, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र
धिरजप्रताप सिंह, भर्ना छनोट महाशाखा
नलप्रसाद उपाध्याय, सामुदायिक सुरक्षा महाशाखा
पुरुषोत्तम कंडेल, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र
पोषराज पोख्रेल, संघीय प्रहरी एकाई कार्यालय, सुर्खेत
प्रकाशजंग कार्की, अन्वेषण योजना तथा विकास निर्देशनालय
प्रदिपकुमार श्रेष्ठ, सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र
वसन्तकुमार पन्त, तालिम महाशाखा
वसन्तबहादुर कुवर, प्रहरी युक्ति तालिम महाविद्यालय
विक्रम बहादुर चन्द, कार्य विभाग विपद व्यवस्थापन महाशाखा
वीरेन्द्र श्रेष्ठ, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज
भिमप्रसाद ढकाल, महानगरीय ट्राफिक प्रहरी महाशाखा
भोजजंग शाह, शाखा संघीय प्रहरी एकाई कार्यालय
मसाउन आलम खाँ, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र
मुकुन्दराज आचार्य, अपराध अनुसन्धान महाविद्यालय
मोहन कुमार आचार्य, संघीय प्रहरी इकाई रुपन्देही
रविन्द्र बहादुर धानुक, कार्य विभाग कार्य महाशाखा
राजेशकुमार लाल कर्ण, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा
राम कृपाल साह, विमानस्थल सुरक्षा कार्यालय
शेखर कोइराला, १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर
सन्दिप भण्डारी, ३ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, सिन्धुली
सहकुल बहादुर थापा, महानगरीय अपराध महाशाखा
सौरभ राणा, संघीय प्रहरी एकाई कार्यालय धरान
हरिराज वाग्ले, २ नम्बर प्रदेश प्रहरी तालम केन्द्र जनकपुर