Logo

‘मिस नेपाल कर्भी’ प्रतियोगिता सम्पन्न, यी हुन विजेताहरु (तस्विरसहित)



काठमाडौं, १५ भदौ । फरिया सेन्टर प्राइभेट लिमिटेडद्वारा ‘मिस नेपाल कर्भी’ प्रतियोगिता सम्पन्न भएको छ। सौन्दर्य प्रतियोगितामध्ये फरक विशेषता बोकेको यो प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना भएको हो ।

शारीरिक जिउडाल मिलेका युवतीहरूले मात्र भाग लिन पाउने सौन्दर्य प्रतियोगिता भन्दा भिन्न विशेषता कर्भीमा समावेश गरिएको आयोजकको दाबी छ। आयोजकका अनुसार सबै किसिमका रूप–रंग र शारीरिक वनावट भएका प्रतियोगीले प्रतियोगितामा भाग लिएका थिए । विशेषगरी बाहिरी आवरणको सौन्दर्यतालाई भन्दा आन्तरिक प्रतिभा र क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको आयोजकको भनाई छ।

आयोजकका अनुसार काठमाडौंलगायत विभिन्न जिल्लाबाट प्रतियोगितामा भाग लिन आएका मध्ये ३० जना महिलाहरुलाई क्लोज क्याम्पमा राखेर १५ दिने पूर्णकालीन तालिम दिईएको थियो । यही भदौ १२ गते प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको थियो ।

उक्त प्रतियोगितामा मिस नेपाल युनिभर्स सोनल शर्मा, मिस नेपाल वल्र्ड अनुराधा ढुंगाना, मिस नेपाल अर्थ सेविका बम्जन शाही, मिस नेपाल ईन्टरनेश्नल माला कुमारी सुनार, मिस नेपाल सुपरनेश्नल रक्षा प्रधान विजयी भएको आयोजकले जनाएको छ ।

प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा काठमाडौंस्थित् ठमेलको छायाँ सेन्टरमा सम्पन्न भएको थियो। प्रतियोगिताको विजेतालाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भ्रमणको व्यवस्थासहित विभिन्न गिफ्ट ह्याम्पर दिईएको थियो । त्यस्तै, उनीहरुलाई उद्यमशील तालिम पनि दिइनेछ।

यसै वर्षदेखि सुरु भएको यस सौन्दर्य प्रतियोगिता आगामी वर्षहरुमा पनि निरन्तरता दिने आयोजकको तयारी छ। उक्त सौन्दर्य प्रतियोगितापछि देशका सात वटा प्रदेशका सात सहर केन्द्रित विद्यालयमा ‘सेनिटरी न्याप्किन’को बारेमा जानकारी र वितरण गर्ने कार्यक्रम रहेको आयोजकको भनाई छ।



प्रतिक्रिया दिनुहोस्