अमेरिकाको टेक्सस राज्यमा बन्दुकधारीले कारबाट गोली चलाएर पाँच जनाको हत्या गरिदिएका छन् । घटनामा १६ जना घाइते भएका छन् ।
१ सेप्टेम्बरको घटनामा बन्दुकधारीले कार चलाउँदै जथाभावी गोली चलाएका थिए । ओडेसा र मिडल्यान्ड शहरमा भएको घटनामा सनकी स्वभावका बन्दुकधारीले घटना घटाएका थिए ।
प्रहरीले उनको पिछा गरेर भेटेपछि गोली हानाहान भएको थियो । सिनेमा हल नजिकै भएको गोली हानाहानमा बन्दुकधारी मारिएका थिए ।
अमेरिकी सञ्चारमाध्यमहरुले बन्दुकधारीले सडकमा गुडिरहेका सवारी र हिंडिरहेका मानिसहरुलाई गोली हानेका थिए । कार चलाउँदै गोली हानेका उनी मारिएपनि घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ ।