Logo

डेंगुको रोगीले अस्पताल भरिए



काठमाडौं । डेंगुले देशभर महामारीको रुप लिनथालेको छ । तराईका जिल्ला हुँदै काठमाडौंसम्म फैलिएको डेंगुका रोगीले अस्पतालहरु भरिएका छन् ।

तराईका जिल्लाहरुमा अस्पतालमा बेड नपाइने स्थिति बनेको छ । भित्री मधेशको मकवानपुरमा समेत डेंगुका रोगीले अस्पतालहरु भरिएका छन् । त्यहाँ सरकारी र निजी अस्पतालमा समेत बेड नपाएर भुईंमा रोगीको उपचार हुनथालेको छ ।

डेंगुका रोगी काठमाडौंमा समेत भेटिएका छन् । उपत्यकाका अस्पताहरुमा डेंगुका रोगीको संख्या बढ्दै जाँदा तराईका जिल्लाहरुबाट भर्ना हुन आउनेको संख्या बढेको छ ।

उपत्यकाको मेडिसिटी, नर्भिक, ग्रान्डी, बयोधा, स्टार जस्ता निजी अस्पतालमा पनि डेंगुका विरामीको चाप बढेको छ । सरकारी अस्पताल वीरमा पनि विरामी बढेको बुझिएको छ ।
सरकारले डेंगु नियन्त्रणका लागि आवश्यक कदम चाल्न नसक्दा यसले महामारीको रुप लिनसक्ने खतरा बढेको छ ।



प्रतिक्रिया दिनुहोस्