कँग्रेस आईका वरिष्ठ नेता दिग्विजय सिंहले भारतको सत्तारुढ भारतीय जनता पार्टीका कार्यकर्ता पाकिस्तानी खुफिया एजेन्सी आइएसआईका लागि काम गरिरहेको आरोप लगाएका छन् । उनले १ सेप्टेम्बरमा बोल्दै भाजपाका अलावा बजरंग दलका कार्यकर्ता समेत आइएसआईका लागि काम गरिरहेको आरोप लगाएका हुन् ।
‘भारतमा मुसलमानहरु भन्दा बढी गैर मुस्लिमले आइ एस आइको जासूसी गरिरहेका छन्,’ भारतीय संचारमाध्यमले उनको भनाई उदृत गर्दै उल्लेख गरेका छन्, ‘बीजेपीले आईएसआईबाट पैसा लिइरहेको छ। यसमा ध्यान दिनुपर्दछ ।’
बजरंग दलको कार्यकर्ता बलराम सिंहलाई महाराष्ट्र पुलिसको आतकविरोधी टोलीले सतनाबाट भर्खरै पाकिस्तानबाट सञ्चालित आतकवादी फन्डिग सिन्डिकेटको आरोपमा पक्राउ गरेको थियो । पक्राउ परेका बलराम सिंहले बजरंग दलसँग कार्यरत रहेको बताए । बलबीर २०१७ मा पनि यस्तै अपराधको लागि पक्राउ परेका थिए तर उनी जमानतमा रिहा भएका थिए । यो घटनापछि दिग्विजय सिंहको अभिव्यक्ति आएको हो ।
मध्य प्रदेशका पूर्व मुख्यमंत्री शिवराज सिंह चौहानले सिंहको बयानमा तीखो प्रतिक्रिया व्यक्त गर्दै भने कि उनी समाचारमा रहन मात्र विवादास्पद बयान दिन्छन् । उनले. आरएसएसको देशभक्तिमा प्रश्न नउठाउन सिंहलाई चेतावनी दिए । गत महिना, चौहानले भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरूलाई धारा ३७० पेश गरेर “पाप“ गरेको आरोप लगाए जसलाई जम्मू कश्मीरलाई विशेष दर्जा दिइयो । सिंहले चौहानलाई “नेहरूको खुट्टाको धूलोसमेत होइन” भनेका थिए ।