Logo

देउवाको गृहजिल्लामा गौहत्याको विरोधमा प्रदर्शन



डडेल्धुरा, १६ भदौ । सुर्खेतमा हालै भएको गौहत्याको विरोध गर्दै आज डडेल्धुरामा प्रदर्शन गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा आज प्रदर्शन भएको हो ।

राष्ट्रिय जनावर गाईलाई नियोजितरुपमा हत्या गरिएको भन्दै विश्व हिन्दु महासंघ डडेल्धुरा शाखाले सदरमुकामको मुख्य बजार परिक्रमा गर्दै विरोध र्‍याली निकालेको हो ।

‘गाई मार्न पाइँदैन’, ‘गाई छोडनु पाप हो’, ‘गौरक्षाको लागि कानुन निर्माण गर’, ‘गाई मार्नेलाई कारबाही गर’लगायत लेखिएका विभिन्न प्लेकार्डसहित प्रदर्शन गरिएको थियो । विरोध र्‍यालीमा विश्व हिन्दु महासंघ आवद्ध विभिन्न समाजसेवी संघ–संस्थालगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्