काठमाडौं । पाँच जना चिनियाँ नागरिक नेपाल आएर नेपालको बैंकिङ क्षेत्र हल्लाइदिए । उनीहरुले करोडौं रकम निकाले । सर्भरन नै ह्याक गरे । नक्कली भिषा कार्डको प्रयोग गरी एटीएम बुथबाट देशका विभिन्न बैंकहरुबाट करोडौं रकम निकाले ।
लामो समय नेपाल बसेर करोडौं रकम निकाल्दै डलर साटे । नेपालका विभिन्न मनी एक्सचेन्जमा उनीहरुले रकम साट्दा त्यसको स्रोत मागेनन् । अहिले ती मनी एक्सचेन्जहरुको खोजी भई कतिपयका संचालक समेत पक्राउ परिसके ।
चिनियाँ नागरिकहरुले निरन्तर पैसा निकालेको सूचनापछि उनीहरुको खोजी भयो । बैंकहरुबाट करोडौं रकम निकालिइसकेको अवस्थामा उनीहरु खोजीमा परिसकेका थिए । धन्न रकम लिएर भाग्न भ्याएका थिएनन् । उनीहरु रकम निकाल्दै डलर साट्दै गर्थे । नबिल बैंकको एटिएम बुथबाट पैसा निकाली रहेको अवस्थामा चिनियाँ नागरिक झु लियाङग्याङ पक्राउ परे । रङ्गेहात पक्राउ परेका उनलाई छानविन गर्दा खतरनाक तथ्य बाहिर आयो ।
चिनियाँ नागरिक मिलेर करोडौं रकम निकालिसकेका थिए । उनको साथबाट २० वटा नक्कली भिषा कार्ड फेला परेको थियो । उनी बस्ने माया मनोहर बुटिकको कोठा नम्बर २०१, ६०२ र ६०४ मा खानतलासी गर्दा धेरै तथ्य बाहिर आयो ।
झुको सूचनाका आधारमा थप चारजना चिनियाँ नागरिक पक्राउ परे । उनीहरुको साथबाट नेपाली रुपैयाँ एक करोड २६ लाख बरामद भयो । नौ हजार डलरका अलावा अन्य विदेशी मुद्रा पत्ता लाग्यो ।
उनीहरुकै सूचनाका आधारमा मनी एक्सचेन्ज संचालकहरुमध्ये डेकसो मनी एक्सचेन्जका संचालक देवनाथ लामिछाने, नेपाललय मनी एक्सचेन्जका रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दुवाडी पनि छन् ।
बरामद सामाग्री
नेपाली मुद्रा १ करोड २६ लाख २९ हजार ४५
अमेरिकन डलर ९ हजार १ सय ८
चाईनिज मुद्रा ११सय ९१
युरो २ सय ५०
क्याम्वोडियन ५ हजार
हंङकंङ डलर ८०
वरामदी सामान
नक्कली भिषा कार्ड १३२ थान
सक्कली भिषा कार्ड १७ थान
कार्ड प्रिन्टर मेसिन १ थान
मोवाईन ६ थान
ल्यापटाप १ थान
सामसुंङ्ग थान १
डाटा कार्ड थान १