Logo

ओली भेट्न वामदेव भोलि सिंगापुर जाने



काठमाडौं, १६ भदौ । सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली यतिवेला सिंगापुरमा रहेको नेश्नल युनिभर्सिटी हस्पिटलमा उपचार गराईरहेका छन् । उनको मृगौलासम्बन्धी उपचार भैरहेको छ, जुन उपचार प्रक्रिया भोलि पूरा हुने जनाईएको छ । प्रधानमन्त्री यही भदौ २० गते स्वदेश फर्किने नेकपा संसदीय दलका कार्यवाहक नेता सुवास  नेम्वाङले जानकारी दिएका छन् ।

तर, ओली फर्कनुअघि नै उपाध्यक्ष गौतम र महासचिव सिंगापुर पुगेर स्वास्थ्यलाभ गर्ने बुझिएको छ । उनीहरु दुवै जना प्रधानमन्त्री ओलीसँगै स्वदेश फर्कने कार्यक्रम रहेको छ। प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ । उपचारपछि पुर्ववत अवस्थामा फर्किएर सक्रिय रुपमा काम गर्न सक्नुहोला र भन्ने चिन्ता धेरैमा छ । तर प्रधानमन्त्रीसँग कुरा गरेका नेता नेम्वाङले त्यस्तो आशंका गर्नुपर्ने वा खतरापूर्ण अवस्था केही पनि नरहेको भन्दै आश्वस्त पारेका छन् ।

प्रधानमन्त्री ओलीले संसदीय कामकारवाही र विधेयकहरुको विषयमा समेत जानकारी लिएका थिए । प्रधानमन्त्रीको स्वस्थ्य अवस्था र उहाँले के के कुरामा जिज्ञासा राख्नुभयो भन्ने हाम्रो प्रश्नमा उपनेता नेम्वाङले प्रधानमन्त्री ओलीले आफूसँग संसदीय कामकारवाही, संसदमा विचाराधिन विभिन्न विधेयकहरु, यसअघि सर्वदलीय बैठकमा भएको सहमती अनुसार सत्य निरुपण तथा मेलिमिलाप विधेयक र पदाधिकारी नियुक्ती लगायतका विषयमा चासो राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्