काठमाडौं, १७ भदौ । न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने उच्च अदालत पुगेका छन्। चितवन जिल्ला अदालतको फैसला बदर गरिपाउँ भन्दै लामिछाने उच्च अदालतमा पाटन, हेटौंडा इजलासमा पुगेका हुन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । यो प्रकरणकी अभियुक्त रुकु कार्की भनिने अस्मितालाई भने साधारण तारेखमा रिहा गरेको छ ।
लामिछानेले आज अदालत पुगेर निवेदन दर्ता गरेका हुन् । फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ७३ ‘क’ बमोजिम साधारण तारेखमा मुद्दा कायम गरिपाउँ भन्दै लामिछानेले निवेदन दर्ता गरेको अदालतका रजिष्ट्रार केशर अर्यालले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए। अर्यालका अनुसार यो निवेदनमाथि बुधबार नै बहस हुनेछ।