Logo

प्रधानमन्त्री ओलीले क्याबिनेटसँग सिंगापुरबाट के के गरे (तस्बिरसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुसँग छलफल गरेका छन् । सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् उनले छलफल गरेका हुन् ।

१७ भदौमा छलफल भएको जानकारी उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । रिमालले सामाजिक सञ्जालमा तस्बिर समेत सार्वजनिक गर्दै दोस्रो पटक आफ्नो क्याबिनेटका सदस्यहरुसँग सरकारका कामका बारेमा छलफल गरेको जानकारी दिए । छलफलमा आफ्नो स्वास्थयका बारेमा जानकारी दिएको रिमालले बताएका छन् । मन्त्रिहरुले आफ्नो कामबारे समेत ब्रिफिङ गरेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री सिंगापुरबाट प्रत्यक्ष मन्त्रीहरुसँग ठूलो स्क्रिनमा कुराकानी गरिरहेको दृश्य देखिन्छ । मन्त्रिहरु प्रधानमन्त्रीलाई सुनिरहेको देखिन्छ । कतिपय मन्त्रीहरु सुतेको जस्तो पनि देखिन्छ ।

यसअघि यस्तै बैठकलाई उनले क्याबिनेट बैठक भनेका थिए । क्याबिनेट बैठक भनी सामाजिक सञ्जालमा पोष्ट गरेका उनले आज सच्याएर छलफल मात्र भने ।

टेलिप्रिजेन्स प्रविधिबाट क्याबिनेट बैठक राख्नु गोपनीयता भंग हुने र गैरकानुनी हुने विषय जोडतोडले उठेपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटोल छलफल मात्र भएको भनी सच्याएका थिए ।

तस्बिरहरुः विष्णु रिमालको ट्वीट



प्रतिक्रिया दिनुहोस्