Logo

ओलीले किन बोलाए वामदेवलाई सिंगापुर ?



काठमाडौं, १८ भदौ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली यतिवेला उपचारको लागि सिंगापुरमा छन् । उनको उपचार प्रक्रिया आज सम्पन्न हुँदैछ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्नको लागि नेकपाका महासचिव विष्णु पौडेल हिजै सिंगापुर पुगिसकेका छन् । आज बुधबार नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतम त्यसतर्फ प्रस्थान गर्दैछन् ।

नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार गौतम आज दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्न लागेका हुन् । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै गौतमलाई सिंगापुर आउन भनेपछि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्