Logo

ललिता निवास प्रकरणमा अख्तियारले क– कसलाई बोलायो (सुची सहित)



काठमाडौं  । ललिता निवास प्रकरणमा सलग्न रहेको आशंकामा थप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ५८ जनालाई बयानको लागि  बोलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात दिनभित्रको समय तोकी नामावली सहित भदौ १८ मा सुचना निकालेको छ । बयानमा बोलाएकामा अधिकांश काठमाडौ घर भएका छन् । उनीहरुबाट ललिता निवास जग्गाको मोही पूर्जा र जग्गा धनीको पूर्जा भेटिएको छ ।

तत्कालीन सरकारले प्रचलित कानून बमोजिमको मुआब्जा समेत दिई अधिग्रहण गरि लिएको हाँडीगाउँ मौजा नम्बर ४५६ को लगत भिड्न् ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय,डिल्लीबजारका कर्मचारीहरु र शक्तिशाली व्यक्तिहरु मिलेर व्यक्तिको नाममा पुर्जा निकालि दिएका थिए । घटना बाहिर आएपछि राष्ट्रिय चर्चाको विषय बनेको थियो । यो घटनामा विभिन्न व्यक्तिहरुलाई पटक पटक गरी अनुसन्धानमा बोलाई सकेको छ ।

बोलाइएकाहरुको नामावली

कल्पना तुलाधर
शर्मिला शाक्य/ बज्राचार्य
प्रगति कंसाकार
कामना गुरुङ
सज्जनकुमार चाचान
देवान्शी गोयल
मनोजकुमार केडिया
मनोजकुमार गौतम
मन्ती गोर्खाली
निकिता तुलाधर
अमिताम्भ तुलाधर
उमा प्रसाई
युरिशोभा तुलाधर
रेणुका बज्राचार्य
सुविस्ता तुलाधर
अञ्जना तुलाधर / ताम्राकार
चन्द्रिका कंसाकार तुलाधर
सानोछोरी बज्राचार्य
सिपिका खेतान
सुस्मा बज्राचार्य (शाक्य)
सन्ध्या शाक्य
संगिता राखेचा काठोरी बोथरा
नुतन श्रेष्ठ
धर्मशोभा शाक्य
डिम्पल वंशाल
सरिता मानन्धर / श्रेष्ठ
गीता गौतम / खनाल
नितु गुरुङ
रीता ओझा गौतम
रत्नहीरा बज्राचार्य
प्रतिमा वैद्य प्रधान
प्रविण ताम्राकार
विजय ताम्राकार
माया शेर्पा गौचन
महेशराजा तुलाधर
द्धारिकादेवी श्रेष्ठ
इन्दु शर्मा
भवानी जोशी
भारती पाण्डे
विवेककुमार सुवेदी
केशव तुलाधर
अनितादेवी कंसाकार
ॐ वीरमान ताम्राकार
अनिलमान ताम्राकार
गोविनदलाल संघाई
गायत्री श्रेष्ठ (कंसाकार)
राधा सिग्देल आचार्य
रुपेसकुमार सुवेदी
पहलमान गुरुङ
पुरुषोत्तम पौडेल
प्रमोद शेरचन
कनक हर्बल
अच्युतराज श्रेष्ठ
विजेन्द्र जोशी
रामनाथ घिमिरे
पुरुषोत्तम पौडेल
प्रेमहरि ढकाल
सरस्वती कुमारी श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्