Logo

१३ र १४ वर्षकाले किन चोरे दानपेटिका



बर्दिया । १३ र १४ वर्षीय किशोर । भर्खर किशोरावस्थामा प्रवेश गरेका दुवैलाई प्रहरीले दानपेटिका चोरेको अभियोगमा १७ भदौको साँझ पक्राउ गरेको छ ।

उनीहरुले बाँसगढी नगरपालिका-५ मा रहेको केदारेश्वर धाम मन्दिरमा राखिएको दानपेटिका चोरेका थिए । पक्राउ पर्नेहरुमा बाँसगढी नगरपालिका-३ उत्तर भकारी बस्ने १४ वर्षीय यम बहादुर थापा र सिही नगरपालिका-५ हापुर चोक बस्ने १३ वर्षीय अर्जुन शाही रहेका छन् ।

भदौ १४ गते राति उक्त मन्दिरमा राखिएको दानपेटिका चोरी भएको घटनामा संलग्न अभियुक्तहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्