Logo

गेष्टहाउसको तेस्रो तल्लाबाट कामदारलाई सडकमा फाल्ने पक्राउ



 

काठमाडौं । गेष्टहाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १४ खड्का गाउँ बस्ने मकवानपुर दशहरा गाउँपालिका ४ घर भएका विनय वाइबा लामा, काठमाडौं सानोर्भयाङ बस्ने गुल्मी मालिका गाउँपालिका ८ घर भएका सविन अर्याल र काठमाडौं नैकाप बस्ने रामेछाप गुन्छी मदौरे घर भएका निशान धमला रहेका छन् । उनीहरुले काठमाडौं महानगरपालिका १४ कलकीस्थित नारायणी गेष्ट हाउसमा काम गरी बस्ने पाल्पा निस्दी गाउँपालिका घर भएका विवेक सोनाम सुनारलाई गेष्ट हाउसको तेस्रो तल्लाबाट फाली घाइते बनाएको अभियोगमा १७ भदौको राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त गेष्ट हाउसमा उनीहरु समेत पाँच जना बसिरहेको अवस्थामा १६ भदौको राति खाना पुर्याउन जाँदा खानाको विषयलाई लिएर विवाद हुँदा उनीहरुले विवेकलाई सोही रुमबाट तल फालेर तत्काल फरार भएका थिए । घाइते विवेकलाई तत्काल उपचारको लागि शहिद मेमोरियल अस्पताल हुँदै थप उपचारको लागि ग्राण्डी अस्पताल लगिएको छ ।

घटना पश्चार फरार व्यक्तिहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कलंकीबाट स्युचाटारतर्फ भाग्दै गरेको अवस्थामा फेलापारी फरारमध्ये तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

घटनामा संलग्न दुई जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्