Logo

तीज मनाएर फर्किएका महिला जीप दुर्घटनामा पर्दा तीनको मृत्यु



प्रकाश डोटेल, स्याङ्जा । पाल्पाको रम्भा गाँउपालिकाको हुगीबाट स्याङ्जाको गल्याङ् तर्फ आउँदै गरेको जीप बुधवार दिउसो दुर्घट्ना हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा २२ जना घाईते भएका छन् । ग १ ज ३८३१ नम्वरको जीप गल्याङ नगरपालिकास्थित बुटवल पावर कम्पनी नजिकैको उकालोमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको भएको हो ।

दुर्घट्नामा रम्घा हुगीकी ५५ बर्षिय खनीमाया नेपाली, सोही स्थानका ३४ बर्षिय मन्जु भण्डारी गैह्रे र वालिङ नगरपालिका १३ का ९ महिने बालक प्रशन्न परियारको मृत्यु भएको हो । गैह्रे र नेपालीको उपचारका क्रममा मृत्यु भएको हो, भने बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घाईते मध्ये २२ जनाको पाल्पास्थित मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ४ जनाको गल्याङ्स्थित स्थानीय अस्पतालमा उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ । थप उपचारका लागि पाल्पाको तानसेन पठाईएका घाईते मध्ये १२ महिला र ८ जना पुरुष र ३ बालक रहेका छन् ।

दुर्घटनामा तीज मनाएर फर्किएका महिलाहरु परेको बताईएको छ । अत्यन्तै ओभरलोडका कारण दुर्घटना भएको प्रहरीको अनुमान रहेको छ । जीप सडकबाट झण्डै ४०० मिटर तल खसेको प्रहरी चौकी गल्याङले जनाएको छ । जीपका चालक समेत घाईते भएकाले अस्पताल भर्ना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्