Logo

बीस लाख नदिए ज्यान मार्ने धम्की दिने पक्राउ



काठमाडौं । २० लाख रुपैँया माग गरी नदिएमा ज्यान मार्ने तथा बमले घर उडाइदिने धम्की दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं नयाँबजार धारागल्ली बस्ने धादिङ वेनिघाट रोराङग गाउँपालिका ५ घर भएका सन्तोष कडेललाई १७ भदौको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

स्यूचाटर नागार्जुन नगरपालीका ९ आदर्श नगरटोल बस्ने एकल महिलालाई चिठी मार्फत नगद २० लाख रुपैयाँ १७ भदौको दिउँसो बालाजु पुलमा लिई आउनु, प्रहरी र आफन्तलाई जानकारी गराएमा तथा रकम नदिएमा छोरीलाई सिध्याई दिने र घरमा समेत बम राखी उडाई दिने धम्कि दिएको सूचना पश्चात महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालीमाटीबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई बालाजुबाट पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्