काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शंकर भण्डारीले नेपाललाई हिन्दूराष्ट्र बनाउने घोषणा गरेका छन् । आफ्नो पार्टी अब हिन्दूराष्ट्रको पक्षमा खरो रुपमा उत्रिने पनि उनले स्पष्ट पारे । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले आफूहरु हिन्दूराष्ट्रको पक्षमा मात्रै नभएर यसलाई अनिवार्य विषय बनाउने स्पष्ट पारे ।
उनले भने,‘म हिन्दूराष्ट्रको पक्षमा मात्रै होईन, आजको दिनमा हिन्दूराष्ट्रको विषय अनिवार्य भैसक्यो ।’ मुलुकको समृद्धि, विकास र पहिचानको लागि पनि हिन्दूराष्ट्र अनिवार्य भैसकेको उनको भनाई छ ।