काठमाडौं, १९ भदौ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फेरि राष्ट्रसेकव कर्मचारीहरुलाई सरकारले खटाएको ठाउँमा नगए कारबाही गर्ने चेतावनी दिएका छन् । त्यतिमात्रै होईन, सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने मन्त्री पण्डितको चेतावनी छ ।
बिहीबार मन्त्री पण्डितले सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को पहिलो र मुलुककै तेस्रो बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, “जुन कर्मचारीलाई जहाँ खटाइएको छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँछन् ।”
उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने चेतावनी दिए । तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने उनले बताए ।