Logo

‘धर्मको नाममा अशान्तिको अवस्था आउनुहुँदैन्’



बुटवल, १९ भदौ । धर्मको नाममा समाजमा मनमुटाव र अशान्तिको अवस्था आउन दिन नहुने विभिन्न धर्मका अभियान्ता तथा सरोकारवालाहरुले बताएका छन् । रिपोर्टर्स क्लबले प्रदेश-५ ले आज बुटवलमा गरेको कार्यक्रममा बोल्दै उनीहरुले केही दिन अघि दैलेखमा गाइ मरेको घट्ना र तिलोत्तमामा बुद्धका मुर्तिमाथी तोडफोड हुनु दुखद भएको भन्दै धार्मीक आस्थाका प्रतिबिम्बलाई चोट पुर्याउन नहुने बताएका हुन् ।

कार्यक्रममा उच्च अदालत बार एशोसिएसन बुटवलका अध्ययक्ष जोगबहादुर खत्रीले बुद्ध मूर्तिको तोडफोड र गाइ हत्याको गम्भीरतापूर्वक अनुसन्धान हुनुपर्ने बताए। उनले यस्ता घट्ना बढ्दै गए समाजमा अशान्ति कायम हुन सक्ने भन्दै त्यस तर्फ राज्य सचेत हुनुपर्ने बताए ।

विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष वेनबहादुर पौडेलले गौरक्षाको लागि कानून फितलो भएको भन्दै गाइपाल्नेहरुको रेकर्ड राख्न आवश्यक भएको बताए । उनले बाहिरबाट आयातित गाइ रोक्नुपर्ने उल्लेख गरे ।

क्रिस्चीयन समाज केन्द्रीय उपाध्यक्ष चित्र गुरुङले हरेक प्राणीको व्यवस्थीत संरक्षण हुनुपर्ने भन्दै गाइको घट्ना घटाउने जोकसैलाई कारवाही हुनुपर्ने धारणा राखे ।

बौद्ध अभियान्ता तथा अन्तराष्टिय बुद्ध परियती उदय विहारका सल्लाहकार कमल थापाले गाइको संरक्षण व्यवस्थीत तरिकाले हुनुपर्ने बताउँदै कुनै पनि धर्मका आस्थामा माथि चोट पुर्याउन नहुने भनाइ राखे ।

कामधेनू गौशाला देवदहका संरक्षक योगी सोमराजले गाइ संरक्षणमा सरकारको चासो हुनुपर्ने भन्दै बैज्ञानिक परिक्षणले पनि गाइको गोबर र गहुतलाई महत्व दिएको बताए । कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्