काठमाडौं, भदौ २० । काठमाडौं उपत्यकामा विहानदेखि अविरल वर्षा भइरहेको छ । हल्का रुपमा भइरहेको वर्षाले उपत्यका र आसपासका जिल्लाका नदीहरुको बहाव बढेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ । मनसुी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थानभन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास अवस्थित रहेको छ । साथै बंगालको खाडीको उत्तर पश्चिमी भागमा एउटा न्युन चापीय प्रणाली बनेको छ । तस्बिर स्रोतः मौसम पूर्वानुमान महाशाखा