Logo

कार्यालय सहयोगी घुस सहित पक्राउ



काठमाडौं, भदौ २० । वडा कार्यालय सहयोगी र शिक्षकलाई १,५०० घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर ६ तिनचुली बौद्ध बस्ने खेन्चे दोजै तामाङ र महानगरपालिका ६ नम्वर वडा कार्यालयमा कार्यरत श्याम कुमार कार्की रहेका छन् ।

तामाङ भौतिक संरचना र जग्गाको कर तिर्नका लागि कार्यालय सहयोगी श्याम कुमार कार्कीलाई पन्ध्र सय घुस दिई काम गराएको सुचनाको आधारमा उनीहरुलाई १९ भदौमा पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले कार्की र तामाङलाई घुस लिदै गर्दाको अवस्थामा रकम सहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्